Nepal Times
Nepal Times
3
Shares

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, माघ ५
उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश पर्किएका ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेका थिए ।

उनीहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.