कांग्रेस नेताको नाम उल्लेख भएको भन्दै गाउँपालिकाको एम्वुलेन्स थन्कियो

डोटी, बैशाख ७
डोटीको जोरायल गाउँपालिकामा ४ महिना अगाडी हस्तान्तरण गरिएको एम्वुलेन्स अहिले सम्म पनि थन्काईएको छ । एम्वुलेन्समा नेपाली कांग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ४ महिना सम्म एम्वुलेन्स सुचारु गर्न नमानेको हो ।

एम्वुलेन्समा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरिद गरेको कुरा उल्लेख गरिएको छ । नेपाली कांग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ४ महिना देखि नै प्राथमिक स्वास्थ्य केन्द्र जोरायलमा एम्वुलेन्स थन्काएको हो ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रशाद ओझाले नेपाली कांग्रेसका नेता विष्टले विना कारण नाम उल्लेख गरेकोले एम्वुलेन्स चलाउन नदिएको बताए । उनले गाउँपालिकाकै पहलमा आमा फाउण्डेसनले एम्वुलेन्स खरिद गरे पनि कांग्रेस नेताको नाम उल्लेख गरिएकाले नलचाउन निर्देशन दिएको बताए । उनले अगामी आर्थिक वर्षमा गाउँपालिकाबाट बजेट विनियोजन गर्दै नयाँ एम्वुलेन्स खरिद गर्ने दावी गरे । ओझा नेकपा एमालेबाट अध्यक्षमा विजयी भएका हुन् ।

Advertisement

जोरायल गाउँपालिकामा पौषमा आयोजना गरिएको एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओझा उपस्थित नभएपछि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिर भण्डारी मार्फत प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टे लाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

अहिले गाउँपालिकामा एउटा पनि एम्वुलेन्स छैन् । नेता विष्टले आफ्नो पहलमा एम्वुलेन्स ल्याईएको भन्दै पौषको दोश्रो साता बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । बडिकेदार गाउँपालिकामा भने एम्वुलेन्स सेवा सुरु भईसकेको छ । अमेरिका नेपाल सम्पर्क समितिका सभापति समेत रहेका विष्ट जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय हुन् ।

Advertisement

नेता विष्टले गाउँपालिकालाई विभिन्न दाताहरु तथा अमेरीकामा रहेको आमा फाउण्डेसनबाट सहयोग जुटाएर प्रति एम्वुलेन्स ११ लाख पर्ने दुई वटा एम्वुलेन्स खरिद गरेको बताउँदै आएका छन् । जसमा नेपाल सरकारले कर मनाही गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top