प्रेम विवाह गरेका राउतमाथी करणी मुद्दा दायर

विराटनगर, बैशाख ८
आफूले प्रेम विवाह गरेको बताउने एक व्यक्तिलाई प्रहरीले बलात्कारको आरोपमा नियन्त्रणमा लिएका छन् । उनीमाथी जबरजस्ती करणीको मुद्धा दर्ता गरी म्याद थप गरिएको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका– १४ गोर्खाली टोल घर भई विराटनगर– १४ बस्दै आएका ३० वर्षका दीपक राउत रहेका छन् । उनीमाथी विराटनगर महानगरपालिका– १३ बस्दै आएकी १४ वर्षकी नाम नखुलाएकी बालिकालाई बलात्कार गरेको आरो लागेको छ ।

आरोपित व्यक्तिले गएको फागुन ५ गते उक्त बालिकालाई प्रेम विवाह गरी काठमाडौँ ल्याएका थिए । बालिकाको आफन्तले बालिका हराएको भनी गत फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी गरेपछी आरोपित राउतको खोजीकार्य भईरहेको थियो ।

२ महिनाको प्रहरीको अथक प्रयास पछी आरोपित राउत काठमाडौँको महानगरपालिका– ९ मा रहेको तिलगंगा एरियामाबाट महाननगरिय प्रहरी कार्यालय वृत्त गौशालाको सहयोगमा पक्राउ पर्न सफल भएका थिए ।

नेपालको कानुन अनुसार २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई मान्यता दिईन्दैन् , साथै १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्पर्क भएमा पनि दोषी ठहरिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए अनुसार बालिका १४ वर्ष मात्र पुगेकोले पीडित परिवारको उजुरीलाई आधारमानी राउतलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

गत फागुन ५ गते विराटनगर महानगरपालिका– १३ बस्दै आएकी १४ वर्षकी किशोरी हराएको भन्दै फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी परेको थियो । प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाएर युवकलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top