विद्युत प्राधिकरणले ४ करोड २४ लाख महसुल उठाउन बाँकी

विराटनगर, बैशाख ८
नेपाल विद्युत प्राधिकरण विराटनगर शाखाले विभिन्न कार्यालय तथा संस्थाबाट चालु आर्थिक वर्षमा ४ करोडभन्दा बढी विद्युत महसुल उठाउन बाकी रहेको जनाएको छ ।

छुट बिलिङ तर्फ ४ करोड २४ लाख ६४ हजार २ सय ६६ रहेकाले स्वीकृतिका लागि केन्द्रमा पठाएको इन्जिनियर पंकजकुमार गोहितले जानकारी दिए । यस्तै प्राधिकरणले छुट बिलिङबापत ९३ लाख ८७ हजार ३ सय १ रुपैयाँ असुली गरेको जनाएको छ ।

प्राधिकरणले २१ जना कालोसूचीमा रहेका ग्राहकहरुबाट ४ लाख ५० हजार १ सय ३७ रुपैयाँ उठेको जनाएको छ । सबैभन्दा बढी निक्की जुट मिलबाट २० लाख उठाउन बांकी रहेको बताउँदै पत्राचार गरेको जनाएको छ ।

Advertisement

यस्तै कोशी अञ्चल अस्पतालले ५० लाख बुझाउनुपर्ने रहेकोमा २० लाख बुझाएको र विराटनगर जुट मिलको २० लाख रहेकोमा किस्ताबन्दी रुपमा तिर्दै गएको पनि प्राधिकरणले जनाएको छ ।

यसैगरी चालु आर्थिक वर्षको १० महिनामा विद्युत हुकिङ गर्ने १ सय १७ जनालाई कारबाही गरेर ५ लाख ५७ हजार १ सय २९ रुपैयाँ जरिवाना उठाउन सफल भएको छ ।

Advertisement

प्राधिकरणले हुकिङ गरी संचालन गरिएका ५४ वटा उपकरण पनि जपथ गरेको छ । यस्तै मिटरबाट विद्युत चोरी गर्ने १ सय १४ जनालाई कारबाही गर्दा १ लाख ३३ हजार ७ सय ६७ रकम असुलेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top