न्यूनतम पारिश्रमिक लागू गर्न चिया मजदुरको मुख्यमन्त्रीलाई ज्ञापन

विराटनगर, बैशाख ९
सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दै संयुक्त ट्रेड युनियन प्रदेश नम्बर १ ले सोमबार प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

Advertisement

संयुक्त ट्रेड युनियनले चिया श्रमिकहरु न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दे २२ दिनदेखि आन्दोलित हुदा पनि सरकार पक्षले वेवास्ता गरेको भन्दै मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन बुझाएका हुन् ।

उनीहरुले चाडोभन्दा चाडो चिया बगानका श्रमिकहरुको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा योजना लागू गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

Advertisement

चिया मजदुरहरुले सरकार, रोजगारदाता एवम् श्रमिकको त्रिपक्षीय सहमतिद्धारा २०७५ श्रावण १ गतेदेखि लागू हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र प्रचलित कानुन बमोजिम श्रमिकले पाउने संचयकोष र उपादान लगायतका सुविधा प्रदान गर्नुपर्ने भएपनि रोजगारदाता र सरकारले सो व्यवस्था नगरेका कारण आन्दोलित हुनु परेको गुनासो गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले चिया मजदुरहरुको समस्या गम्भीरतापूर्वक लिएको बताउदै संघीय सरकार र सम्बन्धित मन्त्रीहरुसँग कुराकानी गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

आफना अधिकार सुनिश्चित गर्न अर्काको अधिकार अधिकार हनन् नगरीकन गरिएको आन्दोलनलाई पनि वेवास्ता गरे सडक अबरुद्धदेखि नाकाबन्दीसम्मको आन्दोलनका कार्यक्रम गरिने नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट)का प्रदेश १ का उपाध्यक्ष शन्तकुमार राईले चेतावनी दिएका छन ।चिया मजदुरहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत यही ११ गते यस क्षेत्रमा जिल्ला प्रशासन कार्यालयहरुमा धर्नादिने कार्यक्रम तय गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top