विरगन्ज महानगरपालिकाको चौथो नगरपरिषद सम्मपन्न

वीरगन्ज, बैशाख ९
वीरगन्ज महानगरपालिकाको उत्थान तथा विकास निर्माणमा सबै एकढिक्का साथ अगाडि बढने प्रतिवद्धताका साथ चौथो नगरिपरिषद सोमबार सम्मपन्न भएको छ ।

Advertisement

मेयर विजयकुमार सरावगीको अध्यक्षतामा सम्मपन्न भएको नगरपरिषदको बैठकद्धारा विभिन्न ऐजन्डाहरु पारित भएको छ । विगतमा वडा अध्यक्ष तथा वडा सदस्यहरु विच देखिएका राजनैतिक असहमतीहरुलाई हटाउदै आगामि दिनमा महानगरको विकासमा सबै जनप्रतिनिधिहरु एक भएर अगाडि बढने प्रतिबद्धताका साथ महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेतले प्रस्तुत गरेको विभिन्न एजेन्डाहरु सर्वसम्मतीले पारित भएको हो ।

नगरसभाको बन्दसत्रको सुरुमै मेयर विजयकुमार सरावगीले संघीय ,प्रान्तीय वा स्थानीय कुनैपनि संसद लोकतान्त्रिक पद्धतिबाट चल्ने भएकोले सभामा सहभागी सबै जनप्रतिनिधिहरुलाई लोकतान्त्रि प्रक्रिया अनुसार आफनो विचारहरु राख्न अनुरोध गर्दै महानगरको विकास प्रति सम्वेदनशिल हुन आग्रह गरेका थिए ।

Advertisement

उनले महानगरका जनताले सबै जनप्रतिनिहरुलाई महानगरको विकासको लागी चुनेको हुनाले पहिलो विकास निर्माण तथा जनताको सरोकारका विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

वडा सदस्यहरुले राख्दै आएका विभिन्न मागहरुको विषयमा मेयर सरावगीले संघीय र प्रान्तीय सरकारले बनाएको नियमालीले मिलन सक्ने सबै मागंहरु पुरागरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top