काठमाडौं, बैशाख १०
सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग वार्ता गर्दैछ । २२ बुँदे माग राख्दै आन्दोलनमा उत्रेको राप्रपासँग सरकारले वर्ता गर्न लागेको हो । सरकारले वार्तामा बोलाएपछि राप्रपाले नेता दीपक बोहोराको संयोजकत्वमा समिति गठन गरेको थियो ।
सो समिति र सरकारबीच आज दिउँसो वार्ता हुन लागेको हो । वार्ता सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा हुने छ । सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले गर्ने छन् । हिन्दु राष्ट्र, राजतन्त्र लगायतको माग राप्रपाले राख्दै आएको छ ।