×

NEPAL TIMES UPDATES

Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026

अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

१० बैशाख २०७६

काठमाडौं, बैशाख १०
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगार विहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Advertisement

आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको भद्रकाली (काठमाडौं) को धर्ना कार्यक्रम यथावत राखेको र बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

त्यस्तै, समितिले यही बैशाख १३ गते शुक्रबार काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म विशाल जुलुस प्रदर्शन गर्ने र आन्दोलनका थप कार्यक्रम बैशाख १३ गते घोषणा गर्नेपनि जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राज्यको अदुरदर्शीताका कारण विगत लामो समयदेखि देशमा तीसौं हजार शिक्षकहरु अस्थायी रुपमा काम गर्न बाध्य हुँदै आएको र सोही कालण्डदेखि उनीहरु आफ्नो पेशागत स्थायीहरुको माग राखी आन्दोलन गर्दै आएको सर्व्विदितै छ । पछिल्लो समय राज्यले अस्थायी शिक्षकलाई स्थायी गर्न आन्तरिक परीक्षाको व्यवस्था गरेको भएतापनि यो पूर्णतः विभेदित, अवैज्ञानिक र अव्यवहारिक रहेका कारण १३ हजारभन्दा बढि शिक्षकहरु छनौटमा पर्न नसकेको पनि जगजाहेर छ । जो अहिले आन्दोलनरत छन् ।’

शिक्षण एउटा प्राविधिक विषय भएकोले ३ घण्टे परीक्षा प्रणालीले शिक्षकको योग्यताको सही मूल्यांकन हुनै नसक्ने समितिको ठहर छ । समितिले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘हिजो योग्यता र क्षमता मापनका सबै प्रणाली उत्तीर्ण भएर नियुक्त गरिएका अस्थायी शिक्षकहरुलाई आज ३ घण्टे परीक्षामा नाम निस्केन भनेर फालिनु किमार्थ न्यायसँगत हुँदैन् ।’

जीवनको उर्वर समय राज्यकै निम्ति समर्पित गरेको र अहिले केश फुल्न थालेपछि एकाएक राज्यले पेशाबाट विस्थापित गर्दा आफ्नो र परिवारको जीवनमा ठूलो असर परेको पनि समितिको गुनासो छ ।

चैत्र २६ गते सरस्वती मावि सुनसरीका तुलसी नाराण यादव लगायत विभिन्न जिल्लामा गरी अहिलेसम्म चार जनाले राज्यले दिएको मानसिक यातनाका कारण हृदयघात भई मृत्युवरण गरिसकेको अवस्थाबारे पनी अवगत गराएका छन् ।

संविधानमै रोजगारीको हकको व्यवस्था गरिएपनि वर्तमान सरकारले रोजगारी प्रदान गर्नुको सट्टा रोजगारी खोसेर आँफैले बनाएको कानूनको धज्जी उडाउने काम गरेको समितिको आरोप छ ।

सरकारले शिक्षा ऐनको नवौं संशोधनको दफा ११ (च) लाई आफूअनुकुल व्याख्या गरी जबरजस्ती अस्थायी शिक्षकहरुलाई विस्थापित् गर्ने कुनियत बोकेकोले आफूहरु बाध्य भएर आन्दोलनमा होमिनु परेको संयोजक हेमनाथ चौलागाईले स्पष्ट पारेका छन् ।

शिक्षकहरुको पेशागत हकहित गर्न भनेर स्थापित नेपाल शिक्षक महासंघसमेत सरकारको प्रवक्ता जस्तै भएको चौलागाईको आरोप छ । उनले भने,‘यदि शिक्षक महासंघसमेत हाम्रा मागहरुप्रति सकारात्मक हुँदैन भने उसका विपक्षमा समेत उभिन हामी बाध्य हुनेछौं ।’

कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले अदालतको संवैधानिक ईजलाशमा विचाराधिन मुद्दा रहँदारहँदै शिक्षक सेवा आयोगले जबरजस्ती आन्तरिक परीक्षा गराएर अदालतको समेत अवेज्ञा गरेको आरोप लगाएका छन् ।

कार्यक्रममा समितिका सह–संयोजक जीवन सुवालले अस्थायी शिक्षकहरुलाई स्थायी पदपुर्ति नभए सम्म बढिमा ६ महिनाको लागि शिक्षण सेवामा लागेका आफूहरुलाई बर्षौवर्ष काममा लगाएर जीवनको महत्वपूर्ण र उर्जाशील समय खेर फालेको दुःखेसो पोखेका छन् ।

सुवालले शिक्षा ऐनको नवौं संशोधनअनुसार ७५ प्रतिशत आन्तरिक परीक्षा सञ्चालन गर्ने भनिएतापनि यथार्थमा त्यो नभई २५ देखि ३० प्रतिशतसम्म मात्रै आन्तरिक परीक्षा गराएर राज्यले आफूहरुलाई धोका दिएको आरोप समेत लगाएका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top