परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’

५ माघ ७४, शनिबार

ललितपुर, माघ ६
यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् ।

पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । विभागको अहिलेको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।

विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । अरु अञ्चल कार्यालयमा गत असारबाट सेवा शुरु भएको थियो । पहिले वाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुँदा सेवाग्राहीले राजस्व तिरेको एक÷डेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे । १४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र शुरु भएपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो ।

Advertisement

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका दैनिकजसो कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउछन् । उनले भने, “कार्ड प्रक्रियामा रहेका झण्डै डेढ लाखमध्ये ४÷५ सय जना दैनिक मेरो कार्ड बन्यो कि बनेन भनेर सोध्न आइपुग्नुहुन्छ ।” परीक्षामा उत्तीर्ण झण्डै ६०० र नवीकरणका लागि झण्डै ३०० गरेर झण्डै ९०० जना सेवाग्राही दैनिक आउने गरेका छन् ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top