प्रदेश नं. १ को पर्यटन योजना धामधम कार्यान्वयन हुँदै, सम्झौताका लागि मन्त्रालयमा भिड

विराटनगर, बैशाख ११
प्रदेश नं. १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकासको काम तिब्र गतिमा अगाडी बढेको छ । विभिन्न कार्यालय भवन, कर्मचारी र संरचना अभावमै सुरु भएको मन्त्रालयले चालु आर्थिक वर्षका लागि पर्यटन क्षेत्रको बजेट शसर्त अनुदान र मन्त्रालयको कुल बजेट १ अर्बबाट प्रदेश नं. १ का १४ वटै जिल्लामा पर्यटन विकासको काम तिब्र गतिमा अघि बढाएको हो ।

चालु आर्थिक वर्षका लागि विनियोजित सो बजेटबाट राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु आरक्ष क्षेत्रका लागि मन्त्री परिषदको निर्णयबाट मन्त्रालयले १४ करोड रुपैयाँको अख्तियारी पठाएको पर्यटन विकास आयोजना प्रमुख सुनिल कर्णले जानकारी दिए ।

Advertisement

मन्त्रालय मार्फत विनियोजन भएको बाँकी ८६ करोड बजेटबाट भौतिक पूर्वाधार निर्माणका लागि पर्यटन क्षेत्रको विभिन्न योजनाहरु छनौट भएर यति बेला मन्त्रालयमै धमाधम योजना सम्झौता भइरहेको मन्त्री जगदीस कुसियतका प्रमुख स्वकीय सचिव विष्णु यादवले जानकारी दिए । उनले कर्मचारी अभावमा केही ढिलो गरि काम सुरु भएको देखिएपनी चालु आर्थिक वर्षका सो बजेटको कम्तीमा ८० प्रतिशत काम सम्पन्न गरिने बताए ।

यतिबेला भौतिक पूर्वधार निर्माणका विभिन्न समितिहरु मर्फत छनौट भइ आएका योजना सम्झौता गर्न मन्त्रालयमा दिनहुँ भीड लाग्ने गरेको देखिन्छ ।

Advertisement

चालु आर्थिक वर्षका लागी छुट्टीएको सो बजेटबाट पर्यटन क्षेत्रको विकासका लागि डिपिआर, पूर्वाधार निर्माण र अध्यन अनुसन्धान तथा गुरुयोजना निर्माणमा खर्चहुने मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top