गुडिरहेको बस चिया पसलमा छिर्दा एकजनाको मृत्यू

१४ बैशाख ७६, शनिबार
Share this
787shares

राजविराज, बैशाख १४
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा बस गुडिरहेको बस चिया पसलमा छिर्दा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

Advertisement

राजमार्गबाट अनियन्त्रित भई नजिकै रहेको चिया पसलमा छिरेको बसको ठक्करबाट शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

पूर्व जाँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको ना ५ ख ७९३७ नम्बरको यात्रु बस आफैं अनियन्त्रित हुँदा दक्षिणतर्फको चिया पसल छिरेपछि सो दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–८ का ६५ वर्षीय देवनारायण महतो रहेका छन् । दुर्घटनामा चियापसले कञ्चनरुप–९ का ७० वर्षीय असर्फी मण्डलसहित कञ्चनरुप–९ का ४५ वर्षिय सुनरलाल महतो, मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय कुलबहादुर महत लगायत ८ जना घाइते भएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top