करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी

१५ बैशाख ७६, सोमबार

काठमाडौं, वैशाख १६
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

प्रहरीका अनुसार नौ महिनाअघि नेपालगन्ज कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना परिसरभित्रको कित्ता नम्बर २१० को ५ कट्ठा १३ धुर जग्गा भूमाफिया खैरुल हसन अन्सारीले सरकारी कागज किर्ते गरी आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी स्रेस्ता कायम गराएका थिए । यस्तै नेपालगन्ज–३ स्थित वागेश्वरी मन्दिरनजिकको कित्ता नम्बर १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी अर्का भूमाफिया जुनेद अन्सारीकी सासू लाली मल्लको नाममा ८ महिनाअघि जग्गाधनी स्रेस्ता कायम गराइएको थियो ।

जुनेदको जग्गासम्बन्धी विवादमै यसअघि हत्या भइसकेको छ । यसैगरी बर्दियाको साविक नेउलापुर गाविस ७ को ६ बिघा ३ कट्ठा १४ धुर सरकारी जग्गा पनि खैरुलले आफ्ना बाबुको नाममा दर्ता स्रेस्ता कायम गराई गत पुस १२ गते आमा हसरतुनको नाममा नामसारी गराए । स्थानीयका अनुसार चार लेन सडकले छोएको सिक्टा सिँचाइ आयोजनाको उक्त जग्गाको चलनचल्तीको मूल्य प्रतिकट्ठा करिब डेढ करोड रहेको छ । यस्तै नेपालगन्ज–३ मा रहेको सरकारी जग्गाको मूल्य प्रतिकट्ठा ५० लाखभन्दा माथि छ । नेउलापुरको जग्गाको चलनचल्तीको मूल्य प्रतिकट्ठा करिब १० लाख छ । आजको नागरिक दैनिकमा खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top