वैशाख २२ गते ‘एन्फा दिवस’ मनाउने एन्फाको निर्णय, ११ विधाका अवार्ड प्रदान गरिने

१६ बैशाख ७६, सोमबार

काठमाडौँ, बैशाख १६
अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरेक वर्षको वैशाख २२ गते ‘एन्फा दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ ।

Advertisement

एन्फाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिका अनुसार यस वर्ष एन्फा दिवशको दिन विभिन्न विधाका ११ व्यक्तित्व तथा संस्थालाई विविध विधामा अवार्ड प्रदान गरिनेछ ।

हरेक विधाका विजेताले नगद पुरस्कारसहित अवार्ड प्राप्त गर्नेछन् एन्फाले जनाएको छ । पुरस्कार राशी विधाअनुसार फरक फरक रहेका छन् ।

Advertisement

पुरस्कृत हुने विधाहरु :

१. विशेष योगदान खेलाडी अवार्ड २०७५ (पुरुष)
२. विशेष योगदान खेलाडी अवार्ड २०७५ (महिला)
३. वर्ष उत्कृष्ट प्रशिक्षक २०७५
४. वर्ष उत्कृष्ट जिल्ला फुटबल संघ २०७५
५. वर्ष उत्कृष्ट क्लब २०७५
६. लाइफटाइम एचिभमेन्ट अवार्ड २०७५
७. विदेशी भूमिमा उत्कृष्ट व्यावसायिक खेलाडी २०७५
८. उदीयमान खेलाडी २०७५ (पुरुष) [पूर्वकप्तान स्वोर्गीय मणि विक्रम शाहको स्मृतिमा]
९. उदीयमान खेलाडी २०७५ (महिला) [पूर्वकप्तान स्वोर्गीय मणि विक्रम शाहको स्मृतिमा]
१०. उत्कृष्ट रेफ्री २०७५ (पुरुष) [पूर्व फिफा रेफ्री स्वोर्गीय रुपकराज शर्माको स्मृतिमा]
११. उत्कृष्ट रेफ्री २०७५ (महिला) [पूर्व फिफा रेफ्री स्वोर्गीय रुपकराज शर्माको स्मृतिमा]

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top