×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

पारसले प्रधानमन्त्री कप खेल्ने

२४ बैशाख २०७६

काठमाडौँ, बैशाख २४
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण खेल्ने भएका छन् ।झन्डै ६ महिना पछि घरेलु क्रिकेटमा फर्किन लागेका उनी अर्को महिना राजधानीमा सुरु हुने प्रधानमन्त्री कप खेल्ने भएका हुन् ।

प्रधानमन्त्री कप जेठ १ गते देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन हुँदैछ । उनले पछिल्लो पटक पुसमा भएको एभरेष्ट प्रिमियर लिग (इपिएल)विराटनगर वारियर्सबाट खेलेका थिए । फागुनमा भएको धनगढी प्रिमियर लिग (डिपिएल) पनि नखेलेका पारसले यसै महिना नेपालगन्जमा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा पनि व्यक्तिगत कारण देखाउँदै खेलेका थिएनन् ।

प्रधानमन्त्री कप पनि उनले पहिलो पटक खेल्न लागेका हुन् । पछिल्लो दुइ संस्करण देश बाहिर रहेका कारण खेल्न नपाएको पारसले बताएका छन् । पारसले यसपटक प्रदेश नम्बर ३ बाट प्रधानमन्त्री कप क्रिकेट खेल्ने जानकारी दिए ।

प्रधानमन्त्री कप आयोजनाका विषयमा आइतबार पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय टोलीका खेलाडीले अनिवार्य प्रधानमन्त्री कप खेल्नुपर्ने बताएका थिए ।

पारसले भने ‘म यसपटक पीएम कप खेल्ने छु । परिषदले अनिवार्य खेल्नुपर्छ भन्नु स्वभाविक हो । हरेक आयोजकलाई राष्ट्रिय खेलाडी प्रतियोगितामा खेलोस् भन्ने हुन्छ ।’ तर उनले यसपटक म एपीएफबाट नखेली प्रदेश ३ को प्रतिनिधित्व गर्ने बताएका छन् ।

लामो समय एपिएफबाट खेलेका पारसले यसपटक भने प्रदेशबाट खेल्न लागेका हुन् । ‘प्रदेशको संरचना बलियो बनाउन म प्रदेश ३ बाट खेल्न लागेको हुँ । एपीएफबाट मेरो सम्झौता पनि तीन वर्ष अघि नै सकिएको छ’ , उनले भने,‘ सम्झौता थप्ने कुरा त भइरहेको थियो । अहिले एपीएफमा युवा खेलाडी आएका छन् र ती खेलाडीले मौका पाउन भनेर मैले सम्झौता गरिन ।’

पारसले पछिल्लो पटक एपीएफबाट वि.सं.२०७३ मा विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुद खेलेका थिए । जसमा एपीएफले स्वर्ण पदक जितेको थियो । प्रधानमन्त्री कपमा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।

भर्खरको समाचार

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top