विराटनगर, वैशाख २८
ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रले प्रदेश–१ प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङसहित दुई मन्त्रीलाई सम्मान गरेको छ । विराटनगरलाई स्थायी राजधानी घोषणा गराउन भुमिका खेलेको भन्दै सेवाकेन्द्रले प्रदेश प्रमुख तुम्बाहाङसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सम्मान गरेको हो ।
सेवाकेन्द्रको प्रदेश १ भवनमा शनिबार आयोजित कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको हो । ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र प्रदेश १ की प्रमुख संचालिका ब्रह्माकुमारी गीताले उनीहरुलाई दोसल्ला र स्मृति चिन्हसहित सम्मान गरिन् ।
कार्यक्रमममा प्रदेश प्रमुख तुम्बाहाङले असल र चरित्रवान नागरिक निर्माण गर्न सेवाकेन्द्रले खेल्दै आएको भुमिकाको प्रशंसा गरे । यस्तै कानुनमन्त्री कार्की र सामाजिक विकास मन्त्री घिमिरेले सकारात्मक समाज परिवर्तनमा राजयोग सेवाकेन्द्रको भूमिका उल्लेखनिय रहेको बताउदै सेवा केन्द्रलाई थप विस्तार गर्दै लानुपर्ने आवश्यकता औल्याए ।