×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारले काउन्सिल विधेयक फिर्ता लिनुपर्छ ःगच्छदार

३ जेष्ठ २०७६

विराटनगर, जेठ ३
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक तत्काल फिर्तालिनु पर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै उनले संचारमाध्यमले के लेख्ने के नलेख्ने आफैले विचार पु¥याउनुपर्ने बताए । उनले कुनैपनि बहानामा प्रेस स्वतन्त्रतामा अंकुश लगाउने कार्य गर्न नहुने बताए ।

गच्छदारले प्रतिपक्ष दलको हैसियतले नेपाली काँग्रेस प्रेस जगतको अधिकार माथि प्रहार एवम् कुन्ठित गर्ने जुनसुकै विधेयकको सदैव विरोध गर्ने धारणा व्यक्त गरे ।

उपसभापति गच्छदारले संसदमा दर्ता गरिएको सुरक्षा परिषद र मानवअधिकार सम्वन्धी विधेयकले लोकतान्त्रिक विधि र संघीयता तथा संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने हुनाले सरकारले त्यो विधेयक सम्वन्धमा प्रतिपक्षसंग सल्लाह एवम सहमति गरि ल्याउनु पर्नेमा जोड दिए ।

नेता गच्छदारले वर्तमान संविधान सवैको सहयोगमा निर्माण भएको धारणा व्यक्त गर्दै लोकतान्त्रिक विधिवाट मुलुक सञ्चालनमा प्रतिपक्षले सदैव गर्ने बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top