कार बम विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु

जेठ १९ । (एजेन्सी)
प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

Advertisement

स्थानीय समय अनुसार शनिबार राति ९ः५० बजे विस्फोट भएको थियो । हमलाकारीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् ।

विस्फोट गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ । घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top