डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली

२० जेठ २०७६, सोमबार
Share this
698shares

कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित २५ जना सहभागी हुने भएका छन् ।

Advertisement

 

 

Advertisement

आगामी २१ देखि २३ जुन (६–८ असार)सम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिइन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्को लाग्ने भएको हो ।

कांग्रेसले एउटै कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउँदा र वक्ता बनाउँदा कार्यक्रमको उद्देश्य नै प्रभावित हुने भन्दै छरितो कार्यक्रम गर्ने घोषणा गरेको थियो ।

Advertisement

तर, विदेशमा हुन लागेको कार्यक्रममा कांग्रेस नेताहरू परिवारसहित जान लागेपछि यसले खर्च बढाउने र विदेशमा कार्यक्रमको व्यवस्थापन गर्न गाह्रो हुने भन्दै पार्टी्भित्रैबाट विरोध सुरु भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top