काठमाडौ, माघ ११
ललितपुर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको आरोप लगाएका छन् ।
सांसद सिलवालले प्रेस विज्ञप्ति जारी गर्दै कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको आरोप लगाएका छन् ।
सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् ।
उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका हुन् ।