काठमाडौं, माघ ११
३ नं. प्रदेशको प्रदेशसभाको प्रथम अधिवेशन आगामि माघ १८ गते हुने भएको छ । ३ नं. प्रदेशका प्रमुख अनुराधा कोइरालाले बिहीबार एक सूचना जारी गर्दै माघ १८ का लागि प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गरेकी हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश बैठक आह्वान गरेकी कोइरालाले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकी छन् ।
बैठक प्रदेशसभा स्थल तोकिएको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्नेछ । प्रदेश सांसद्ले शपथ ग्रहण गरेको २० दिनभित्रमा प्रदेशसभाको प्रथम अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।