अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको डाक्टर मिनेन्द्र रिजालको टिप्पणी

२७ जेठ ७६, मंगलबार

२८ जेष्ठ, २०७६

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘विनियोजन विधेयक २०७६ अन्र्तगत अर्थमन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाईयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले अर्थमन्त्रालयले जिम्मेवार ढंगले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको बताएका छन् । अर्थमन्त्रालयले ‘म केही पनि काम गर्न सक्तिन’ भनेर प्रधानमन्त्रीलाई नै सबै जिम्मेवारी लगाउने काम गरेको टिप्पणी गरे । उनले साढे ८ प्रतिशत आर्थिक वृद्धिका लागि बलियो आधारबाट योजना निर्माण गर्नुपर्ने जिम्मेवारी अर्थमन्त्रालयले बहन गर्न नसकेको बताए ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छाया अर्थमन्त्री समेत रहेका सांसद रिजालले विदेशी मुलुकले विगतमा अबलम्बन गरेको आर्थिक नीति र तीनले भोग्नुपरेको परिणामको चर्चा गर्दै सरकारलाई विश्वइतिहासलाई सम्झन आग्रह गरे । अधिकारको केन्द्रीकरणले सोभियत युनियन इतिहासको पन्नामा सिमित भएको भन्दै उनले अधिकारको केन्द्रीकरणले मुलुकलाई विकासको बाटोमा नभई पतनको बाटोमा डोर्याउने दाबी गरे ।

तन्द्रामा बसेर मुलुकको विकास नहुने भन्दै उनले वस्तुस्थितिको विश्लेषण गर्नुपर्नेमा जोड दिए र उनले भने, “आँखा चिम्लेर चुलाचुलामा नालीबाट ग्यास आउँछ । ग्यासको सिलिण्डर नै किन्नु पर्दैन भन्ने जस्ता तन्द्रामा हिडेर देशको विकास हुदैन । तन्द्रामा बसेर नेपालमा स्टीमर मात्र होइन नेपालमा ठुला ठुला पानी जहाज चलाउँछु अनि हिन्द महासागरसम्म अघिगएकै बर्षमा पुर्याउछु भनेर तन्द्रा बोलेर विकास हुदैन । ”

Advertisement

उनले अर्थमन्त्रालयका लागि चालु खर्चमा विनियोजन भएको बजेटबाट ४ करोड ८६ लाख घटाई अघिल्लो बर्षकै बराबर राख्न प्रस्ताव गरे ।

गुठी सम्बन्धी विधेयकको सन्र्दभमा उनले धर्म निरपेक्ष भनेको धार्मिक स्वतन्त्रता भएको भन्दै त्यसलाई भत्काउने काम नगर्न सरकारलाई सचेत गराए ।

उनले भने, “कुनै समय ठुलै नेताले इन्द्रजात्राको खर्च कटाउनुभो । ठूलो विरोध भयो । पछि त्यो इन्द्रजात्राको खर्च फिर्ता गर्नुपर्यो । काठमाण्डौको र हाम्रो मुलुकको रितिथिति, संस्कृति र परम्परालाई भत्काउने गरी गुठी सम्बन्धी विधेयक बोकेर नआउनुहोस् । ”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top