एजेन्सी, असार ७
छायाङ्कन भईरहेको बलिउड चलचित्र ‘गुलाबो सिताबो’ मा महानायक अमिताभ बच्चनको फरक अवतार सार्वजनिक भएको छ ।झट्ट हेर्दा उनलाई चिन्न गाह्रो पर्छ ।
बुढ्यौलीले छप्पक छोपेको अनुहार, लामो र सेतो दाह्री, आँखामा गोलो चस्मा, गलबन्दी ओढेको, टाउकोमा तकिया लगाएको एक वृद्ध । यो स्वरूपको अमिताभको तस्बिर चलचित्र ‘गुलाबो सिताबो’को निर्माण पक्षले सार्वजनिक गरेको हो । अमिताभले आफूलाई यस स्वरूपमा ढाल्न हदसम्मको मिहिनेत गरेको देखिन्छ ।
सुजित सरकारले निर्देशन गरिरहेको चलचित्रमा पहिलो पटक आयुष्मान खुरानाले अमिताभ बच्चनसँग काम गर्दै छन् । अमिताभको यो लुक्स इन्टरनेटमा सार्वजनिक भएसँगै बलिउड मिडिया तथा सोसल मिडियामा चर्चा हुनुका साथै उनको यस अवतारले चलचित्र प्रति निकै कौतुहलता बढेको छ ।