ट्याङ्करको ठक्करबाट शिक्षकको मृत्यु

८ असार ७६, सोमबार

९ असार, विराटनगर।

Advertisement

मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेको छ । ना४ख १९०५ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको को२६प ३०५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिक्षक पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

Advertisement

डिजेल पु¥याएर सिरहाबाट विराटनगरतर्फ फर्किंदै गरेको अवस्थामा भएको सो दुर्घटनामा गम्भीर घाइते भएको उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

पौडेल विराटनगरस्थित आइटीसम्बन्धी पढाई हुने हिमालय कलेजको शिक्षक हुन् । ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top