×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

देश विकासमा केपी ओलीका १५ संकल्प

१० असार २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकासका लागि १५ वटा संकल्प राखेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकमा प्रधानमन्त्रीले देश विकासमा देखिएको अवरोध र त्यसको समाधानका उपाय सुझाएका हुन् । उनले पुँजीगत खर्च बढाउन, तोकिएको समयमा आयोजना सम्पन्न गर्न, वित्तिय सुशासन कायम गर्न तथा गुणस्तरिय निर्माणका लागि बिशेष ध्यान दिन पनि निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक नभएकाले बिशेष ढंगले काम गर्न पनि निर्देशन दिए ।

यस्ता छन् ओलीका संकलल्प
१) राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठक गर्दै गर्दा चालु आर्थिक वर्ष २०७५/७६ को अन्तिम समयमा छौं । मन्त्रालयगत प्रगतिको समीक्षाबाट विकास कार्यक्रम र आयोजनाको प्रगति विगतमा भन्दा सुधारिएको भएता पनि अपेक्षित लक्ष्य हासिल गर्न गम्भिर भएर मेहनत गर्नुपर्ने छ । यो वर्षको लागि तोकिएका कार्यक्रम समयमै सम्पन्न गर्नु हुनेछ ।
२) चालु आर्थिक वर्षमा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याइएकोमा लक्ष्यको नजिकको वृद्धिदर हासिल गर्न सकेका छौं । संघ, प्रदेश र स्थानीय तहमा भएको खर्चका कारण पुँजीगत खर्चमा वृद्धि हुनुको साथै निजी क्षेत्रका आर्थिक क्रियाकलापहरूमा भएको विस्तारका कारण लगानी उल्लेख्य रूपमा वृद्धि भएको छ । परिणामस्वरूप दुई अंकको आर्थिक वृद्धिको लक्ष्यसहित समृद्धि हासिल हुने बलियो आधार निर्माण भएको छ । पन्ध्रौं योजनाको आधारपत्र प्रकाशित भइसकेको सन्दर्भमा आगामी विकास नीति, योजना तथा कार्यक्रमहरू सो योजनामा उल्लेखित उद्देश्य, लक्ष्य, रणनीति तथा कार्यनीतिलाई केन्द्रमा राखी कार्यान्वयन गर्नेछौं ।
३) यस अवधिमा धान, मकै, तरकारी, मासु र दुग्धजन्य पदार्थहरूको उत्पादनमा उल्लेख्य बृद्धि भई आधारभूत कृषि उत्पादनमा मुलुक आत्मनिर्भरता तर्फ उन्मुख भएको छ । ३ हजार २ सय हेक्टर क्षेत्रमा थप सिंचाइ सुविधा विस्तार भएको छ । यस उपलब्धीलाई कायम राख्दै आगामी दिनमा थप प्रगतिका साथ उत्पादन र उत्पादकत्व बृद्घि गर्न पहल गर्नुछ ।
४) दीर्घकालीन सोच सहितको पन्ध्रौं योजनाको आधार(पत्र स्वीकृत भइ समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा हासिल गर्ने मार्गचित्र तयार भएको छ । पन्ध्रौं योजनामा उल्लेखित राष्ट्रिय लक्ष्यहरुसँग सामञ्जस्य हुनेगरी सबै प्रदेशहरुले प्रादेशिक खण्डीकृत तथ्यांक समावेश गरी आवधिक योजनालाई आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउनेछ । सबै मन्त्रालयले विकास कार्यक्रम कार्यान्वयन गर्दा भौतिक तथा वित्तीय प्रगतिबीच सन्तुलन मिलाउने गरी कार्यक्रममा जोड दिनेछ ।
५) संविधान कार्यान्वयन र वित्तीय संघीयताका लागि आवश्यक कानुन, जनशक्ति तथा संरचना छोटो समयमा तयार भई संविधान र वित्तीय संघीयताको कार्यान्वयनको यस अवधिमा भएका उपलब्धिहरू उत्साहप्रद नै छन् ।
६) विकास योजना तथा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा मासिक लक्ष्य निर्धारण गरेर हासिल गर्ने गरी सम्पूर्ण प्रयास केन्द्रित गर्नेछ । स्थानीय तहको विकास कार्यक्रम र योजना समेत प्रदेशका मुख्यमन्त्रीहरूले अनुगमन र सहजीकरण गर्नेछ । साथै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धी सम्पूर्ण तयारी यस आर्थिक वर्ष भित्रै सम्पन्न गर्नेछ ।
७) राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय भित्र र तोकिएको गुणस्तर कायम गरी सम्पन्न गर्नको लागि सबै मन्त्रालय तथा निकायहरुले जिम्मेवारीपूर्वक र समन्वयात्मक रुपमा कार्य गर्नेछ । साथै, राष्ट्रिय गौरबका आयोजनाहरूको कार्यान्वयनमा सहजीकरण र अनुगमन गर्ने व्यवस्था मिलाउनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको आयोजना सहजीकरण समन्वय समितिलाइ प्रभावकारी रुपमा परिचालन गर्नेछ ।
८) आयोजना सुशासनको क्षेत्रमा अझैपनि अपेक्षित सुधार हुन नसकेकाले आयोजना पहिचान, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्यांकनका क्षेत्रमा नतिजा, समय र उत्तरदायित्वमा विशेष ध्यान दिने। बजेट जेठ १५ गते नै प्रस्तुत हुने तर सरकारी ठेक्का माथिको चाप वर्षान्तमा पर्ने असङ्गतीयुक्त अवस्था हटाउनुपर्छ । विकास आयोजनाहरु पूर्व तयारी र कार्यान्वयन योग्य बनाएपछि मात्र आयोजना सञ्चालनमा ल्याउनुपर्छ । अन्तरनिकायका बीचको समन्वय सुदृढ, प्रभावकारी र छिटो–छरितो बनाई योजना कार्यान्वयनमा थप प्रभावकारिता ल्याउनुपर्छ ।
९) पहिलो प्राथमिकताक्रमका ८० प्रतिशत भन्दा कम प्रगति भएका कार्यक्रम र आयोजनाहरुको तीव्र कार्यान्वयनका लागि विषय क्षेत्रगत मन्त्रालयका मन्त्री र सचिवले विशेष ध्यान र्पुयाई लक्ष्य प्राप्तिमा जोड दिनुपर्छ ।
१०) आयोजना सुशासनको क्षेत्रमा अझैपनि अपेक्षित सुधार हुन नसकेकाले आयोजना पहिचान, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्यांकनका क्षेत्रमा नतिजा, समय र उत्तरदायित्वमा विशेष ध्यान दिनुपनुपर्छ । विकास आयोजनाको पूर्व तयारी सम्बन्धी कार्यहरू सम्पन्न भएपछि मात्र आयोजना सञ्चालनमा ल्याउनुपर्छ ।
११) विभिन्न मन्त्रालय तथा निकाय अन्तर्गत रहेका रुग्ण ठेक्का आयोजनाहरुको कार्यान्वयनस्तर सन्तोषजनक नरहेकोले रुग्ण आयोजनाहरु कानून बमोजिम फरफारक सहित शीघ्र आयोजना सम्पन गर्ने गरी ठेक्का व्यवस्थापन गर्न सबै मन्त्रालय तथा निकायहरु गम्भिर हुनुपर्छ । साथै, तोकिएको समयमा सम्पन्न हुन नसक्ने आयोजनाहरु खारेज गरी निर्माणको जिम्मेवारी लिएकाहरु लाई सम्बन्धित निकायले कानुनी दायरामा ल्याउनुपर्छ ।
१२) आगामी आर्थिक वर्षको लागि आवश्यक योजना, नीति तथा बजेटको कार्य सकिएकोले ती सबैको सम्पूर्णतामा कार्यान्वयन हुनेगरी पूर्व तयारीका साथ आजैदेखि क्रियाशील भै उक्त योजना, नीति र कार्यक्रमको कार्यान्वयनबाट “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पुरा गर्न सबै क्षेत्र तथा निकायहरूबीच पूर्ण सहकार्य गर्नुपर्छ ।
१३) आर्थिक वर्ष अगाडि नै बजेट स्वीकृत गरी कार्यान्वयनमा ल्याउँदा पनि पुँजीगत खर्चको प्रगति कम देखिएकोले सार्वजनिक खर्च प्रणालीमा थप सुधार गरी पुँजीगत खर्च वृद्धि गर्न जोड दिनुपर्छ । प्रदेश र स्थानीय तहको खर्चले आर्थिक क्रियाकलाप विस्तारमा सकारात्मक योगदान पुग्ने हुनाले पुँजीगत खर्चमा वृद्धि गर्नुपर्छ ।
१४) नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै तह र निकायले योजनावद्घ रुपमा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।
१५) आगामी आर्थिक वर्षलाई उच्च आर्थिक वृद्धि र तीव्र विकासको लक्ष्य हासिल गर्नेगरी सम्पूर्ण साधन र स्रोतको परिचालन गर्नुपर्छ । आम नागरिकलाई सरकारले प्रत्याभूति गरेका सेवाको गुणस्तरमा सुधार गर्नुपर्छ । साथै, निजी क्षेत्रबाट प्रवाह भएका वस्तु र सेवाको गुणस्तर कायम गर्न नियमन प्रणालीलाई सुदृढ गरी कार्यान्वयन गर्नुपर्छ ।विकासन्युज

Advertisement
Advertisement

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top