गुठी जग्गामा छाया सेन्टर: लगानीकर्ताको प्रभावका कारण लाचार प्रशासन

काठमाडौं : काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर्न नसकेको खुलासा भएको छ ।

Advertisement

छाया सेन्टरमा ४३ लगानीकर्ता रहेका छन्। गुठीको जग्गा अपचलन भयो भन्ने विषयमा अदालतमा मुद्दा पनि चलिरहेको छ। स्थानीय गुठीप्रेमीहरू छाया सेन्टरले शक्तिको प्रयोग गरी प्रशासनिक मिलोमतोमा जग्गा हडपेको टिप्पणी गर्छन् ।

स्थानीयबासीको माग र आन्दोलनको वास्तै नगरी सञ्चालनमा आएको छाया सेन्टरका मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाण्डेले आफ्नी श्रीमती र छोराको नाममा समेत लगानी गर्न लगाएका छन् ।

Advertisement

इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पाण्डेले श्रीमती प्रतीमा पाण्डेको नाममा १ करोड २२ लाख र छोरा सिद्धान्तबहादुर पाण्डेको नाममा १९ लाख ७२ हजार रुपियाँ लगानी गरेका छन् ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top