काठमाडौं–निजगढ दू्रतमार्ग आयोजनाको डिपीआर अन्तिम चरणमा

११ असार ७६, बिहीबार

१२ असार, काठमाण्डौ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं–निजगढ दू्रतमार्ग आयोजनाको डिपीआर सरकारले छिट्टै स्विकृत गर्ने बताएका छन् ।

मन्त्री महासेठले सो आयोजनाको डिपीआर नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेको स्विकार गर्दै त्यसलाई छलफल गरेर छिट्टै स्विकृत गर्ने प्रतिवद्धता व्यक्त गरे । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी पनि गरे । यता, नेपाली सेनाले भने सो आयोजनाको डिपीआर स्विकृत नहुँदा काममा ढिलाई हुने देखिएको जनाएको थियो । तर मन्त्री महासेठले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गरे । उनले तोकिएकै समयमा सो आयोजनाको काम सम्पन्न हुने गरी सरकारले आवश्यक सबै व्यवस्था नेपाली सेनालाई मिलाई दिएको पनि समितिलाई जानकारी दिए । डिपीआरको गहिरो अध्ययन गरेपछि सरकारले त्यसलाई स्विकृत गर्ने मन्त्री महासेठको भनाई छ । मन्त्री महासेठले सरकारले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।

बैठकमा समितिका सदस्यहरुले काठमाडौं–निजगढ दू्रतमार्ग आयोजनाको डिपीआर स्विकृत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सो आयोजनाको डिपीआर स्विकृत गरेको भन्दै सरकारको आलोचना गरे । सांसद अधिकारीले सो आयोजनाको काम समयमै सम्पन्न हुने गरी आवश्यक व्यवस्था नेपाली सेनालाई मिलाई दिन पनि सरकारलाई सचेत गराएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top