कुनै पनि बेला मन्त्रीपरिषद पुनर्गठन हुने

१२ असार ७६, शुक्रबार

१२ असार, काठमाडौँ ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद पुनर्गठन हुने संकेत गरेका छन्  । सरकारकाप्रवक्ता समेत रहनु भएकामन्त्रीबास्कोटाले मन्त्रीपरिषद पुनर्गठन हुने विषय प्रधानमन्त्रीसँग निहीतहुने पनि स्पष्ट पारे ।

Advertisement

बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफदिने क्रममा उनले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने र त्यसको अधिकार प्रधानमन्त्री सँगमात्रै रहेको पनि बताए । मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी ओलीले महशुस गर्नसाथ मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने पनि बताए । यो अधिकार प्रधानमन्त्रीमा निहित रहेकाले आफूले त्यसबारे बोल्न नमिल्ने पनि उहाँले पटक पटक दोहो¥याए ।

मन्त्री बास्कोटाले मन्त्रीहरु कतिजना फेरिन्छ भनेर समाचार माध्यामले समाचार बनाउनु पनि बेकार हुने बताए । उनले क्लिन फिड’ लागू गरेरै छाडने दृढता पनि व्यक्त गरे । संचार माध्यामहरुलाई सबल बनाउने गरी ल्याइएको सो विधेयक संसदबाट पारित हुने उनको दावी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top