नेपाल चिनारीको लोगो सार्वजनिक

१३ असार ७६, शुक्रबार
Share this
743shares

१३ असार, काठमाडौँ ।

Advertisement

नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाली पहिचान झल्कने लोगो ‘ब्राण्ड आइडेन्टिटी’ सार्वजनिक गरिएको छ ।

नेपालको प्रकृति, साहसिक गतिविधि, परम्परागत संस्कृति, मठमन्दिर, वन्यजन्तु तथा रैथाने जीवनशैली आदि झल्कने नेपाल चिनारीलाई आर्ट गरेर कलात्मक प्लेकार्ड सामग्री बनाइएको छ । पँहेलो पृष्ठभूमिमा सेतो अक्षरको नेपाल लेखिएको छ, त्यसको माथितिर नेपाली टीकाको सङ्केत राखिएको छ । हरेक चिनारीका प्लेकार्डमा नेपाल लेखिएको छ । यस्ता सामग्री सवारी साधन, प्रतिक्षालयका साथै झोला, टिसर्ट, कपआदि सामानमा समेत राख्न सकिनेछ ।

Advertisement

नेपाल भ्रमण वर्ष सचिवालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमका बीच नेपाल चिनारीको लोगो सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि यसले सहयोग पुग्ने बताए ।

उनले भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेशी प्रख्यात मिडियामा प्रचारप्रसार गरिरहेको र गुणस्तरीय पर्यटक व्यवस्थापनका लागि सेवा स्तरीकरण लगायतका काम पनिसँगै अघि बढाइने उल्लेख गरे ।

Advertisement

भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले नेपालको प्रकृति सम्पदा, संस्कृति, रितिरिवाज, साहसिक पर्यटकीय गतिविधिलाई पहिचान गराई विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लोगो बनाइएको बताए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपाल झल्कने ‘युनिक ब्राण्ड’ लाई प्रवद्र्धन गर्न लोगो ल्याइएको बताउदै यसले नेपालको कला, संस्कृति र जीवनशैलीलाई चिनारी गराउनका साथै पर्यटकलाई नयाँ खुराक दिन सहयोग पुग्ने बताइन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top