बलिउडको प्रतिष्ठित ‘आइफा’ अवार्ड नेपालमा हुने

१३ असार ७६, शुक्रबार
Share this
703shares

एजेन्सी, असार १३
बलिउडको प्रतिष्ठित इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड ‘आइफा’ को आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । आइफाको २० औँ संस्करणका सो अवार्ड समारोह काठमाडौँ महानगरपालिका सह–आयोजक रहने गरी हुन लागेको हो ।

Advertisement

अवार्ड समारोहबारे असार ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । बिहीबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद्को निर्णयको बारेमा जानकारी दिँदै ‘आईफा अवार्ड’ काठमाडौंमा हुने बताए ।

नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको जनाईएको छ । यस अवार्डमा ६ सयको आसपासमा पाहुनाहरुको उपस्थिति रहने सरकारको अनुमान छ । ६० भन्दा धेरै बलिउड कलाकारहरुको उपस्थिति रहने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

Advertisement

अवार्ड आयोजना गर्न पर्यटन मन्त्री वा राज्यमन्त्री संयोजक रहने गरी एक उच्चस्तरीय समिति समेत बनाइएको छ । कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको छ ।

अवार्डको आयोजनासँगै सरकारले २० औं ‘आईफा अवार्ड’ का लागि ४४ करोड २५ लाख रुपैयाँसहित पाहुनाहरुको हवाई, खानपान तथा आवासको छुट्टै व्यवस्थापन गर्ने छ ।

Advertisement

यसअघि आईफाले आफ्नै नीजि खर्चमा अवार्ड आयोजना गर्दै आइरहेको थियो । हरेक संस्करण बाहिरी देशमा हुँदै आएको यो अवार्ड मलेशिया, सिंगापुर, अमेरिका, क्यानडा, श्रीलंकालगायतका देशमा भइसकेको छ ।

पहिलो पटक नेपालमा हुन लागेको ‘आईफा अवार्ड’ को कूल लागत १ अर्ब हुने प्रारम्भिक अनुमान छ । अभिनेता अभिताभ बच्चन ‘आईफा अवार्ड’ का ब्रान्ड एम्बेस्डर हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top