वर्षासँगै विभिन्न स्थानमा एक्कासि बाढी आउनसक्ने सम्भावना

१३ असार ७६, शुक्रबार
Share this
704shares

१३ असार, काठमाडौँ ।
शुक्रवार र शनिवार पूर्वी, मध्य र पश्चिम नेपालका केही साना नदीनालामा पानीको बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

आउने २४ घण्टा देशको पूर्वदेखि पश्चिमसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताइन् दिइन् ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रवार एक बुलेटिन जारी गर्दै प्रदेश १, प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानका ससाना खोलामा उल्लेख्य बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ। बुलेटिनमा भनिएको छ, ‘नदी तटीय क्षेत्रमा वर्षा भईराख्दा सतर्क रहौँ।’

Advertisement

बाढीको सम्भावना कहाँकहाँ?
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहानसम्म प्रदेश १, २ र ३ को चुरे र तराईबाट बहने केही साना नदीहरूमा पनीको बहाव तुलनात्मक रूपमा उल्लेख्य बढ्ने सम्भावना छ।

शनिवार बिहानसम्मको अवधिमा ‘प्रदेश १ को इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, खोटाङ, प्रदेश ३ को काभ्रेपलान्चोक, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, स्याङ्जा र प्रदेश ५ को रुकुम जिल्लाका केही ससाना खोलामा उल्लेख्य बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना छ।’ तर ती क्षेत्रका ठूला नदीमा ठूलो बाढीको सम्भावना नरहेको बताइएको छ।

Advertisement

महाशाखाका अनुसार आइतवार बिहानसम्म कोसी, नारायणी, कर्णाली, महाकाली जस्ता प्रमुख नदी तथा कन्काई, कमला, वाग्मती, पश्चिम रापती, बबई लगायतमा मझौला नदीहरूमा पानीको बहाव केही बढे पनि त्यो सतर्कताको तहभन्दा तलै रहने छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top