×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी

१४ असार २०७६

काठमाडौ-पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी रहेको बताएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अब देशले कुनै पनि आन्दोलन थेग्न नसक्ने भएकाले शान्तीपूर्ण बाटोबाट समस्याको समाधान खोज्नुपर्ने बताए ।

लामो सङ्घर्षबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरी समृद्धि हासिल गर्नतर्फ सबै लाग्नुपर्ने पूर्वराष्ट्रपति यादवको धारणा राखे । उनले सङ्घीयतामार्फत देशले तीन तहको सरकार प्राप्त गरेकाले जनताका आवश्यकता पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए । “संविधानमार्फत सबै भाषाभाषी र क्षेत्रका अधिकार सुनिश्चित गरिएको छ । अब देखिएका समस्या संसद्मा छलफल गरेर संवैधानिक प्रक्रियाबाट हल गर्नुपर्छ”, उनले भने ।

Advertisement
Advertisement

मुलुकमा लोकतन्त्र स्थापना गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहेकाले लोकतन्त्रको पहरेदार बनेर यसको रक्षा गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो । “पत्रकारलाई नै देशको विषयमा बढी जानकारी छ । के सही के गलत छुट्याएर खबरदारी गर्नुपर्छ”, उनले भने । अझै पनि मुलुकमा स्थायी शान्ती कायम नभएका कारण सबै सचेत रहनुपर्नेमा उहाँले जोड दिए । सत्य निरुपण र बेपत्ता आयोगलाई सक्रिय बनाई राष्ट्रियस्तरबाटै समस्याको हल खोजिनुपर्ने पूर्वराष्ट्रपति यादवले बताए ।

“पहाड र मधेशलाई जोड्ने गरी काम गर्नुपर्छ । यहाँ कसैले शोषण गरेको छैन । राजनीतिक शोषण भएको हो”, उनले भने, “संविधान निर्माणसँगै अहिले मुलुकमा परिवर्तन आएको छ ।” पूर्वराष्ट्रपति यादवले पहाड र तराईमा ताल तलैया धेरै भएकाले यसको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । पर्यावरणको उचित संरक्षण नभए भविष्यमा सङ्कट उत्पन्न हुने भएकाले समयमै सचेत हुनुपर्ने उनको भनाइ थियो । पाल्पामा आयोजना गरिएको दलित पत्रकारको भेलामा सहभागी हुन त्यसतर्फ जानेक्रममा पूर्वराष्ट्रपति यादव आज रुपन्देही आएका हुन् ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top