×

NEPAL TIMES UPDATES

Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026
Playing
Pakistan मा शिया समुदाय किन भड्कियो ? || Nepal Times
Mar 23, 2026
Playing
World News: न्यूयोर्कमा क्यानडेली विमान दु र्घ टना, बिरालो पाल्न नपाउँदा आ त्म ह त्या || Nepal Times
Mar 23, 2026
Playing
होर्मुजबाट जहाजहरू पार गर्न २० लाख डलर असुल्दै Iran ? || Nepal Times
Mar 23, 2026
Playing
समुद्रबाटै इरानको कब्जामा पुगेका नेपालीको रिहाइको माग || Nepal Times
Mar 23, 2026

वित्तिय क्षेत्रले सामाजिक सुरक्षा ऐन बुझेनन्

१४ असार २०७६

१४ असार, काठमाडौँ ।
वित्तिय क्षेत्रले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका प्रावधानहरु स्पष्ट पार्न सरकारसंग माग गरेका छन् । बैक तथा वित्तिय क्षेत्रका अधिकारीहरुले ऐन कार्यान्वयलाई लिएर पुराना कर्मचारीहरुमा भय र त्रास श्रृजना गराएको भन्दै ऐनका प्रावधानहरुलाई थप स्पष्ट पार्न माग गरेका हुन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ फियनले सामाजिक सुरक्षा योजनाका बारेमा गरेको छलफलमा सहभागी बैक तथा वित्तिय क्षेत्रका प्रतिनिधिले ऐन अनुसार सामाजिक सुरक्षा कोषमा संकलित रकम बैकमा जम्मा हुने भएकाले नगद प्रवाहको क्षेत्रमा राम्रो वातावरण बन्ने भएपनि संकलित रकमको परिचालनमा समस्या रहेको तर्क गरे ।

Advertisement

नबिल बैकका सिईओ अनिल केशरी शाहले कर्मचारीहरुलाई आफुहरुले गरेको योगदानको प्रतिफलको सुनिश्चिता, समावधि, प्राप्त गर्ने प्रणाली लगायत कयौ विषयमा ऐनले दुविधा श्रृजना गराएकाले ऐनमा अस्पष्ट भएका प्रावधानलाई स्पष्ट पार्नुपर्ने बताए ।

नेपाल बैकर एशोसियसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन अनुसार सामाजिक सुरक्षा कोषमा संकलित रकम वितरण स्पष्ट नभएकाले कर्मचारीहरु नै सहभागी हुन नमानेको बताए । उनले बीचमा जागिर छाड्ने कर्मचारीको संकलित रकम फिर्ताको प्रत्याभुति ऐनले नगरेसम्म कार्यान्वय जटिल हुने टिप्पणी गरे ।

नेपाल राष्ट्र बैकका निर्देशक विरेन्द्रदत्त अवस्थीले वित्तिय क्षेत्रमा कर्मचारी प्रशासन अस्थिर रहेकाले जागिर छोडेर गएका कर्मचारीले पुरानो संस्थाबाट के पाउने भन्ने बारे ऐनमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी विभिन्न बैक तथा वित्तिय संस्था एवं विमा संस्थानका कर्मचारीहरुले अवकाश लिए लगत्तै संकलित रकम फिर्ता दिने व्यवस्था गरिनुपर्ने माग गरेका थिए । योगदानमा आधारिक सामाजिक सुरक्षा ऐनमा निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० बर्ष पुरा भएको हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरी निवृत्तभरण प्राप्त गर्नका लागि १५ बर्ष योगदान गरेको हुनुपर्नेछ । कर्मचारीको प्रतिमहिना तलबबाट रोजगारदाताले २० र कर्मचारीले ११ गरी ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।

यो योजनामा दर्ता हुने संस्थाले कम्तिमा ६ महिना बराबरको रकम जगेडामा राख्नुपर्ने प्रावधान छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुदा यसअघिको संञ्चय कोष र नागरिक लगानी कोषमा संकलन भएको रकम के हुने ? सम्बन्धीत संस्थाले दिदै आएको अतिरिक्त सुविधा कायम रहने÷नरहने लगायतका कयौ विषयमा ऐनमा स्पष्ट नभएको भन्दै सरोकारवालाहरुले यसलाई लागु गर्न नसकिने बताउदै आएका छन् । साथै बीचमै जागिर छोडेका कर्मचारीको संञ्चित रकम फिर्ताको पनि प्रत्याभुति ऐनले नदिएकाले कर्मचारी स्वयमका लागि पनि यो योजना आकर्षक बन्न सकेको छैन ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top