एसिसी इस्टर्न रिजन क्रिकेट मङ्गलबारदेखि, उद्घाटन खेलमा नेपाल र चीन भिँड्दै

१६ असार, काठमाडौँ ।

मलेशियामा मङ्गलबारदेखि शुरु हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाली युवा टोलीले चीनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्यसाथ बुधबार मलेशियाको किनरारा ओभल क्रिकेट मैदानमा चीनसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यसअघि सन् २०१७ मा मलेशियामा नै भएको यस प्रतियोगिताको अघिल्लो संस्करणको फाइनलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

 

भोलिको उद्घाटनमा दुई खेल हुनेछ जसमा आयोजक मलेशिया र थाइल्याण्ड भिड्नेछन् भने अर्को खेलमा सिङ्गापुर र चीन भिड्नेछन् । प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ । नेपालको समूहमा चीन र सिङ्गापुर सहभागी छन् ।

प्रतियोगितामा यसअघि आठ राष्ट्रले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यान्माले नाम फिर्ता लिएको थियो । समूह ए मा रहेको म्यान्माले नाम फिर्ता लिएसँगै उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका छन् । नेपालले एक खेलमा मात्रै जित हासिल गरे सेमिफाइनलमा स्थान बनाउनेछ ।

त्यस्तै समूह बी मा भने चार राष्ट्र छन् जसमा आयोजक मलेशियासँगै, भुटान, हङ्कङ र थाइल्याण्ड छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन् । यस प्रतियोगिताबाट विजेता बन्ने टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top