राष्ट्रिसभामा प्रत्येक प्रदेशबाट एकल संक्रमणीय प्रणालीमार्फत आठ–आठजना निर्वाचित भएर आउनेछन् ।
तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरी ५९ सदस्यीय राष्ट्रियसभा हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने कार्यक्रम छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभामा विजयी सदस्य, गाउँपालिका, नगरपालिकाका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख मतदाता हुने व्यवस्था छ । मतदाताको मतभार फरकफरक निर्धारण गरिएको छ ।
प्रदेशसभा सदस्यको एक मतलाई ४८ मतभार दिइनेछ । त्यसैगरी स्थानीय तहका मतदाताको एक मतलाई १८ मतभार दिइनेछ।
एकल संक्रमणीय भनेको प्राथमिकतामा आधारमा मत दिने प्रणाली हो । यसमा उम्मेदवारको क्रमसंख्या निर्धारण गरिन्छ र कम मत प्राप्त गर्ने उम्मेदवार सूचीबाट हट्नेछ।, आजको नागरिक दैनिकमा यो खबर छ ।