×

NEPAL TIMES UPDATES

Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026

सरकारद्धारा पहिलो पटक आर्थिक गणना सार्वजनिक

१७ असार २०७६

१७ असार, काठमाडौँ ।
सरकारले पहिलो पटक ‘राष्ट्रिय आर्थिक गणना–२०७५’ को नतिजा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले केन्द्रिय तथ्यांक विभागले पहिलो पटक तयार पारेको सो आर्थिक गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।

विभिन्न २१ वटा आर्थिक क्षेत्रहरुको जिल्ला तहसम्मको तथ्यांक समावेश गरिएको सो प्रतिवेदनमा नेपालमा संचालित प्रतिष्ठानहरुको संख्या ९ लाख २३ हजार ३५६ रहेको उल्लेख गरिएको छ । ती मध्ये करिव ५० प्रतिशत प्रतिष्ठानहरु दर्ता नभई संचालन आएको पनि खुल्न आएको तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए । देशभर ४ लाख ६० हजार भन्दा बढि प्रतिष्ठानहरु दर्ता नभई संचालनमा रहेको सो गणनामा भनिएको छ । दर्ता स्थिति नखुलेका प्रतिष्ठानहरुको संख्या पनि ३२९ वटा रहेको पाइएको पनि विभागले जनाएको छ ।

Advertisement

विभागले जापानी नियोग जाईकाको आर्थिक सहयोगमा तयार पारेको प्रतिवेदनमा सबै भन्दाबढि प्रतिष्ठानहरु रहेको जिल्लाहरुमा काठमाडौं, झापा, रुपन्देही, मोरङ र सुनसरी रहेको पनि उल्लेख गरिएको छ । ती जिल्लाहरुमा ३० प्रतिशतभन्दा बढि आर्थिक प्रतिष्ठानहरु रहेको पाइएको पनि विभागका उपमहानिर्देशक रेग्मीले बताए ।


आर्थिक गणनामा देशभर संचालित प्रतिष्ठानहरु मध्ये ५४ प्रतिशत व्यवसाय थोक तथा खुद्रा व्यापारमा आधारित रहेका छन् । यसले रोजगारीको क्षेत्रमा ३० प्रतिशत योगदान दिएको पाइएको पनि विभागले जनाएको छ । विभागमा अनुसार आवास सुविधा तथा खाना व्यवस्थामा कार्यरत प्रतिष्ठानहरुले करिव १५ प्रतिशत, औद्योगिक उत्पादनले करिव १२ प्रतिशत, सेवा क्रियाकलापमा कार्यरत प्रतिष्ठानहरुले करिव ७ प्रतिशत रोजगारी सृजनामा योगदान दिएको छ ।

विभागका उपमहानिर्देशक रेग्मीले देशभर संचालित व्यवसायिक प्रतिष्ठानहरु मध्ये ८ लाख १७ हजार नेपाली नागरिकले संचालनमा ल्याएको पनि जानकारी दिए । त्यसैगरी ९ हजार ९ सय ३२ वटा प्रतिष्ठान भारतीय नागरिकले संचालन गरेको पनि आर्थिक गणनामा समावेश गरिएको छ । ३३३ वटा व्यवसाय भने अन्य मुलुकका नागरिकहरुले संचालन गरेको पनि पाइएको विभागले जनाएको छ । सबै भन्दा बढी व्यवसायिक प्रतिष्ठान काठमाडौंमा संचालन गरिएको पनि आर्थिक गणनामा उल्लेख गरिएको छ ।

विभागका महानिर्देशक सुमनराज अर्यालले मुलुकलाई समृद्ध बनाउने आधार तय गर्ने गरी विभागले राष्ट्रिय योजना आयोगको परामर्शमा सो आर्थिक गणना प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिए । तर सो गणनामा स्थानीय तहको भने आर्थिक गणना नगरिएको पनि विभागले स्पष्ट पारेको छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top