×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

मनसुन सक्रिय नहुँदा गर्मीको मार, वर्षाको संभावना टाढै

२० असार २०७६

२० असार, काठमाडौँ ।
सामान्य समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गतेदेखि नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा वर्षा हुन सकेको छैन । मध्यअसार भइसक्दा समेत वर्षा नहुँदा किसानहरुले धान रोप्न पाएका छैनन् । मनसुन सुरु भएसँगै मौसममा केही फेरबदल भएपनि पर्याप्त मात्रामा वर्षा भने भएको छैन । सामान्यतया पहाडी भूभागमा दिउँसो पछि सामान्य वर्षा भएपनि ठूलो पानी पर्न सकेको छैन । मनसुन अहिले कमजोर अवस्थामा छ । अझै केहीदिन सक्रिय हुने सम्भावना देखिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनले नेपालमा मनसुन भित्रिए पनि सुरुवाती दिनहरुबाटै कमजोर रहेको बताए ।

न्यूनचापीय रेखा मध्यभारत तिर रहेकाले नेपालमा मनसुन कमजोर भएको हो । मौसमविद् प्रधानाङ्गका अनुसार मनसुनी वर्षा ठूलो क्षेत्र ओगटेर हुने गर्छ । मनसुनको समयमा जमिन तातेपछि पानीका कण बोकेको हावाले निश्चित ठाउँमा एउटा प्रणालीको विकास गराउँछ र वर्षा हुन्छ । यो समयमा ठाउँ–ठाउँमा तातेको जमिन माथिको जल वाष्पयुक्त हावाले वायूमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखाभनेर बुझ्ने गरिन्छ । कुनै ठाउँमा जमिनको सतहको हावा तातेर माथि गई बादल बन्यो भने त्यसलाई न्यूनचापीय प्रणाली भनिन्छ । भारतको मध्यतिर रहेको न्यूनचापीय रेखाविस्तारै माथितिर सर्ने र नेपालतर्फ आएपछि मात्र नेपालमा मनसुनी वर्षा सक्रिय हुनेछ । यसका लागि अझै केही दिन लाग्ने मौसमविद्हरुको भनाइ छ ।

Advertisement
Advertisement

मौसमविभागले पछिल्लो ३० वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ । यसैका आधारमा यो वर्षको मनसुन १० दिन ढिलो गरी जुन २० मामात्रै नेपालभित्रिएको थियो । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बर सम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । यो समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने यो भन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।

Advertisement

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले यसअघि यो वर्षको मनसुन कस्तो हुन्छ भन्ने बारेमा गरेको अध्ययनमा नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ को केही पश्चिमी भू–भागहरुमा औसत भन्दा कम मनसुनी वर्षा हुने अनुमान गरेको थियो भने बाँकी गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा औसत वर्षा हुने अनुमान गरेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top