विपीको विशेषज्ञ चिकित्सकको भर्ना रोकियो

२० असार ७६, शुक्रबार
Share this
721shares

असार २०, काठमाडौं ।

Advertisement

धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले तत्कालका लागि भर्ना रोक्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले शुक्रबार विशेषज्ञ चिकित्सक अध्ययनको भर्ना सम्बन्धी कुनै पनि काम नगर्न र नगराउन अन्तरिम आदेश दिएको हो । प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन’पिजी’को लागि यस वर्ष निकालेको शैक्षिक सूचनाकानुनविपरीत भएको भन्दै गतमंगलबार अधिवक्ता जयलाल भण्डारी र डा. पुष्पमणि खरालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टंक बहादुर मोक्तानको एकल इजलासले सो आदेश दिएको हो । केही हप्ताअगाडि प्रतिष्ठानले आगामी शैक्षिक सत्र २०७५ र ७६ को एमडी, एमएस, एमडिएसलगायतका चिकित्सा शिक्षा अध्ययनको पिजी तहमा नेपाली भन्दा विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएको सूचना प्रकाशित भएको थियो। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को परिच्छेद ६ को १७(५) ले स्नातकतथा स्नात्तकोत्तर तहकालागि तोकिएको कुल सिट संख्या मध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाईभन्दा बढी हुने छैन भन्ने कुरालाई स्पष्ट गरी सक्दापनि प्रतिष्ठानले धेरै सिट विदेशीलाई छुट्याएको भन्दै आफूले रिट दायर गरेको डा खरालले बताए। उनले नेपालीविद्यार्थीले आफूले नै रोजेको विषय पढ्न पाउने अधिकारबाट बञ्चितगरिएको भन्दै ऐनबमोजिम सबै विषयमा नेपाली विद्यार्थीलाई छुट्याइएको कोटामा भर्ना गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

Advertisement

गत ७ असारमा प्रतिष्ठानले पिजी भर्नाका लागि सूचनामा जारी गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top