×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

प्रभावकारी विकास सहायता परिचालनको नेतृत्वमा नेपाल

२० असार २०७६

२० असार, काठमाडौँ ।

प्रभाकारी विकास सहायता परिचालनसम्बन्धी एशिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले यही असार २७ गते न्युयोर्कमा विकासका निम्ति बाह्य जगत्बाट प्राप्त सहायता र त्यसको परिचालनबारे बृहत् छलफल गर्ने भएको छ ।

Advertisement
Advertisement

आगामी ११ वर्षभित्रमा संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका महत्वाकाङ्क्षी दिगो विकासका लक्ष्य हासिल गर्न विकासशील राष्ट्रहरूले प्रभावकारी विकास सहायता सुनिश्चित गर्नु अपरिहार्य भएको सन्दर्भमा नेपालले एशिया–प्रशान्त क्षेत्रका नीति निर्माता र उच्च सरकारी अधिकारीसँग त्यस्तो छलफल गर्न लागेको हो ।

असार २८ र २९ गते सोही महानगरमा प्रभावकारी विकास सहयोगका लागि विश्वव्यापी साझेदारी (जिपिइडिसी) को उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा बङ्गलादेशसँगको साझेदारीमा नेपालले उक्त छलफल आयोजना गरेको हो ।

दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घको राजनीतिक मञ्च जिपिइडिसीमा एशिया–प्रशान्त क्षेत्रका विकासका समस्या तथा तिनको समाधानका निम्ति सम्बन्धित देशले गरेका प्रयत्न, तथ्य र प्रमााणमा आधारित विषयका साथै सुझाव प्रस्तुत गरिने अर्थ मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले बताए ।

राष्ट्र विकासको यज्ञमा आन्तरिक, बाह्य,निजी तथा सार्वजनिक वित्तको प्रभावकारी परिचालन र प्रभावकारी विकास सहायताको सुनिश्चितताका लागि नेपालले अन्तर्राष्ट्रियरुपमा प्रतिबद्धता जनाएको छ ।

एशिया–प्रशान्त क्षेत्रको नेतृत्वपङ्तिमा रहेको नेपालले विकास सहायताको प्रभावकारिता, त्यसमा सम्बन्धित देशको स्वामित्व, परिणाम केन्द्रित कार्यसूची, समावेशितापूर्ण साझेदारी, पारदर्शिता एवं जवाफदेहितालाई विकास सहयोगका स्थापित मान्यताका रुपमा पैरवी गर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक रु पाँच अर्ब ८५ करोड परिचालन गर्नुपर्ने अहिलेको अवस्थामा निजी क्षेत्रको लगानी, दक्षिण–दक्षिण तथा नीतिगत एवं संस्थागत संरचना निर्माण गर्नु उत्तिकै अपरिहार्य भएको बताउँछन् ।

‘विकासका साझेदार, दातृ निकाय, सांसद, नागरिक समाज, निजी क्षेत्रसमेतको उपस्थितिमा हुने उच्चस्तरीय बैठकमा स्रोत परिचालनका समस्या, स्रोतको अधिकतम उपयोग, विश्वभर भएका असल अभ्यास, सम्भावना र अवसरको खोजीजस्ता सबै विषयमा गहन छलफल हुनेछ,’ नेपाललगायत देशले उच्चस्तनरीय बैठकमा प्रस्तुत गर्ने विषयवस्तुवबारे जानकारी दिँदै उनी बताउँछन् ।

नेपालजस्ता अतिकम विकसित तथा भूपरिवेष्टित देशका विकासका लागत, यातायात र ढुवानीमा हुने अधिक खर्च, गरीबी र सामाजिक संरचनालाई केन्द्रमा राखेर देशगत प्रस्तुति हुने उनी बताउँछन् । बैठकमा नेपालले विश्वका ८६ देशसँग आफ्ना अनुभव र विकासका प्रयास तथा विकास सहायताका प्रभावकारिता पेश गर्नेछ ।

करिब ७८ प्रतिशत विकास सहायता बजेट प्रणालीमा आइसकेको, दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य र उद्देश्यका साथ नेपालले प्रारम्भदेखि नै नीतिगत एवं संरचनागत व्यवस्था गरेको, राष्ट्रिय बजेट र १५औँ पञ्चवर्षीय योजनामा पनि ती विषयलाई समावेश गरेकाले नेपाल एशिया–प्रशान्त क्षेत्रबाट समितिमा चयन भएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा कुनै पनि राष्ट्र पछाडि नपरून् र सबै देशले सामूहिक रुपमा आ–आफ्ना क्षेत्रबाट सघाउने, सामाजिक–मानवीय पूँजी निर्माण, अधिकभन्दा अधिक रोजगारीका अवसरहरूको सृजना, निजी क्षेत्रको लगानी, नीतिगत समानता, अस्पष्टताको अन्त्यलाई नेपालले जोड दिने सहसचिव नेपाल बताउँछन् ।

Advertisement

उच्चस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थसचिव राजन खनालसहित उच्चस्तरीय नेपाली अधिकारी यही असार २४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । न्युयोर्कमा नेपालले आयोजना गर्ने छलफलमा बङ्गलादेशका अतिरिक्त म्यान्मा, फिलिपिन्स, क्याम्बोडिया, इण्डोनेसिया, जापान तथा एशिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका अधिकारीहरु सहभागी हुनेछन् ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top