सरकारविरुद्ध तरकारीको माला लगाएर नेविसंघको सडक आन्दोलन

२२ असार ७६, आइतबार
Share this
764shares

२२ असार, काठमाडौँ ।
भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ (नेवि संघ)ले सडक आन्दोलन सुरु गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट नेविसंघले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड गर्ने गरी सरकारले लिएको सो निर्णयविरुद्ध आईतबारबाट काठमाडौंमा सडक आन्दोलन सुरु गरेको हो ।

Advertisement

लौका, बोडी, सिमीलगायतका तरकारीको माला लगाएर काठमाडौंको प्रर्दशनीमार्गमा विरोध प्रर्दशन गरिरहेका नेविसंघका नेता, कार्यकर्ताहरुले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्काल सूरु नगरे सरकारविरुद्ध देशभर आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

Advertisement

प्रर्दशनीमा ‘विषाधियुक्त फलफूल तथा तरकारी खुवाउन पाईदैन, जनता मार्ने सरकार चाँहिदैन’ लगायतका नारासहित सरकारको चर्को आलोचना गरिएको थियो । जनतालाई विष खुवाउने निर्णय सरकारबाटै आएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । उनले सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षण सुरु नगरेसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिए । नेविसंघले सरकारको सो निर्णयको विरोधमा सोमबारबाट सबै जिल्लाहरुमा आन्दोलन गर्ने तयारी पनि गरेको छ ।

भारत तथा तेस्रो मुलुकबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषाधिको परीक्षण तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top