एसीसी यू–१९ इस्टर्न रिजन : नेपाललाई उपाधि जित्न सामान्य लक्ष्य

२४ असार ७६, मंगलबार
Share this
752shares

एजेन्सी, असार २४
स्पिनर सागर ढकालले घातक बलिङ गरेपछि एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ ।

Advertisement

मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले पहिलो ओभरमै स्पिनर सागरलाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई सुन्यमा पवन सरार्फबाट क्याच आउट गराए । सागरलेनै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सुन्यमा विकेटकीपर हरि बहादुर चौहानबाट स्टमपिङ आउट गराए ।

Advertisement

सुरुवाती दुवै विकेट शुन्यमा गुमाएपनि तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी पनि सागर ढकालले १३ ओभरको पाँचौ बलमा मार्कलाई १९ रनमा एलबी डब्लू आउट गर्दै तोडे ।

Advertisement

उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सागरले १५ ओभरको अन्तिम बलमा अरुष भागवतलाई शुन्यमा बोल्ड आउट गरे । त्यस्तै सागरले २३ ओभरको तेस्रो बलमा मेहरानलाई ४ रनमा स्टपपिङ आउट गराए । तिलकराज भण्डारीले २३ ओभरको दोस्रो बलमा सर्वाधिक रन बनाउने अदितलाई २४ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए । उनले ७१ बलमा ४ चौका प्रहार गरे । कमलसिंह ऐरीले रौनक कपुरलाई १२ रनमा बोल्ड आउट गरे । मोहम्मद हसन ९ र अब्दुलले ७ रन जोडे ।

हङकङलाई सस्तैमा रोक्न स्पिनर सागर ढकालले १० ओभर सम्म ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन अर्चेर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो । कुशल मल्लले ८.१ ओभरमा ५ मेडन सहित ४ रन मात्रै खर्चे । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top