×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

हावाबाट बिजुली निकाली थप सेवा दिने तयारी

२४ असार २०७६

२४ असार, पाल्पा । 

पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी छ । सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ । यसअघि एक हजार २०० किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको थियो ।

Advertisement
Advertisement

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य ऊर्जाबाट विद्युत् सेवा दिने गरी काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिएका छन् ।

यसअघि रुक्सेभज्याङको बजारक्षेत्र र वडा नं ४ को वडा कार्यालयमा विद्युत् सेवा पुगेकामा अब स्थानीय तीन गाउँका करीब १८० घरधुरीलाई सेवा दिने लक्ष्य रहेको वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड, गाउँपालिकाको रु ४२ लाख, स्थानीय बासिन्दाको जनश्रमदान गरी करीब रु तीन करोडको लागतमा २५ किलोवाट क्षमताको विद्युत् सेवा उपलब्ध गराउने तयारी भएको अध्यक्ष सुनारीको भनाइ छ ।

अहिले हावाबाट विद्युत् उत्पादनका लागि पाँच र दश किलोवाट क्षमताका पङ्खा जडान गरिएको छ । विद्युतगृह निर्माण, पोल तथा तार विस्तारको काम तथा घरघरमा ‘वाइरिङ’को काम सकिएको र अब ब्याट्री जडानको काम मात्र बाँकी रहेको समितिले जनाएको छ ।

हावा र सौर्यशक्तिबाट बाह्रै महीना ब्याट्री चार्ज हुने भएकाले विद्युत् जाने समस्या पनि कम हुने गाउँपालिकाले जनाएको छ । यसअघि हावाबाट विद्युत् सेवा हावादारी कुराजस्तो ठाने पनि सेवाप्रवाह राम्रो भएको स्थानीयवासी सन्तवीर सुनारीले बताए ।

Advertisement

मित्यालमा पुनः सेवा थप हुने र डाँडाभेगका स्थानीयवासी उज्यालोमा जीवनयापन गर्न पाउने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् । पाल्पा सदरमुकामबाट करीब ७० किलोमिटर पूर्व विकट भेग मित्यालमा विद्युत् सेवा नपुगेर अँध्यारोमा बसेका स्थानीयवासी असार मसान्तभित्र हावा र सौर्य ऊर्जाबाट बिजुली बल्छ भन्नेमा ढुक्क छन् ।रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top