महानगर डुबेपछि मेयर पराजुलीले मागे माफी

२५ असार, विराटनगर ।
दुईदिनदेखि लगातार परेको अविरल वर्षाका कारण विराटनगर महानगरपालिकाका विभिन्न ठाउँ डुबानग्रस्त बनेपछि महानगरपालिकाका मेयर भीम पराजुलीले माफी मागेका छन् । उनले बुधबार आफ्नो फेसबुकमार्फत विराटनगर निर्माणकै अवस्थामा रहेकाले नगरबासीमा केही असहजता र अप्ठ्यारो भएका भन्दै माफी मागेका हुन् ।

सोमबारदेखि परेको पानीका कारण विराटनगरमा सडक तथा नाला निर्माणको क्रम जारी रहेकोले अधिकांश स्थानमा डुबान हुनुका साथै सडकहरु हिलाम्मे बनेका छन् ।बजारका पसलहरुमा समेत पानी पसेको छ । पानीले विराटनगर महानगरपालिकाको उत्तरी क्षेत्र तीनपैनी,पोखरीयासहित दक्षिणीक्षेत्र रानीका अधिकांश टोल र सडकहरु जलमग्न भएका छन । दक्षिणी क्षेत्र रानीका विभिन्न टोलका बासिन्दाका घर आंगन र सडकहरुमा कयौं फिट पानी जमेका कारण सर्वसाधारणले सास्ती झेल्नु परेको छ ।

Advertisement

यसैबीच मेयर पराजुलीले वर्षाका कारण विभिन्न स्थानका नाला थुनिएपछि आफैँ उपस्थित भएर खुलाउन निर्देशन दिएका छन् । उनले माफी माग्दै सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘विराटनगर निर्माणको अवस्थामा भएको हुनाले ,केही असहजता र अफ्टठ्यारो स्थिति छ, यो समयमा भएको दुःखका लागि म सम्पुर्ण नगरबासीहरु संग क्षमा माग्न चाहान्छु । तपाईहरु सबैको सहयोगले यो दुःखको अवस्था लामो समय रहने छैन ।

गएको २०७४ साल साउन २८ र २९ गते आएको बाढीका कारण केशलिया र सिंघीया खोला थुनिएर सहरमा पसेको बाढीले विराटनगरमा ठूलो क्षति पुगेको थियो । डुबानका कारण हजारौं सर्वसाधरण विस्थापित भएका थिए ।

Advertisement

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top