साउन १ देखि ढुवानी सेवा ठप्प पार्ने ब्यवसायीको चेतावनी

२६ असार, विराटनगर ।
आगामी साउन १ गतेदेखि ट्रक यातायात तथा ढुवानी ब्यवसायीहरुले सेवा ठप्प गर्ने चेतावनी दिएका छन् । सरकारले साउन महिनाबाट ढुवानी भाडामा भ्याट र भिसिटिएस सिस्टम लागू गर्ने भएपछि ब्यवसायी विरोधमा उत्रिएका हुन् ।

सरकारले आर्थिक बर्ष २०७६/७७ को बजेट भाषणबाट साउन १ गतेदेखि भेइकल एण्ड कन्साइन्मेन्ट ट्रेकिङ सिस्टम (भिसिटिएस) लागु गर्ने घोषणा गरिसकेको छ । सरकारले ल्याउन लागेको भ्याट र भिसिटिएस सिस्टम ब्यवहारिक नभएको भन्दै ब्यवसायीले विरोध जनाएका हुन् ।

सरकारले ल्याएको भिसिटिएस सिस्टम लागू भएपछि प्रत्येक ढुवानीकर्ताले आफुले लोड अनलोड गर्ने सामानको विवरण भरेर राजश्व अनुसन्धान विभागले दिने युजर प्यान कोड सहित अनलाईन फारम भर्नुपर्ने हुन्छ । ढुवानी सेवामा आबद्ध मजदुर र चालकहरु सामान्य लेखपढ गर्न मात्र जान्ने भएकाले बिल, बिल्टी, चालकको लाइसेन्स र मालसामान सहितको सम्पुर्ण विवरण अनलाईन मार्फत भर्न समस्या हुने उनीहरुको तर्क छ ।

Advertisement

विराटनगर ट्रक ब्यवसायी संघका अध्यक्ष मेघराज सिग्देलले सरकारले सरोकारवालासंग आवश्यक परामर्श र छलफल नगरि अव्यवहारिक नियम लागू गर्न खोजेपछि ब्यवसायी सेवा ठप्प गर्न बाध्य भएको जानकारी दिए । अध्यक्ष सिग्देलले ढुवानी सेवा अधिकांश रुपमा स्वरोजगार मुलक पेशाको रुपमा संचालनमा रहेको बताउँदै ब्यवसाय गरेवापत ट्रक ब्यवसायीले टिडिएस बुझाउँदै आएको बताए ।

एउटा ट्रक धनीले सम्पूर्ण कर र ट्याक्ससहित बार्षिकरुपमा २ लाख ३९ हजार बुझाउदै आएको उनको दाबी छ । प्रदेश १ मा पाँचसय बढी ढुवानी ब्यवसायी छन भने ५ हजार बढी ट्रक संचालनमा रहेको जनाइएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top