×

NEPAL TIMES UPDATES

Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026

शेयर बजारः ओरालो यात्रा कायमै

२६ असार २०७६

२६ असार, काठमाडौँ ।

बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ ।

Advertisement

परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ । कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर रु ४६ करोड ३६ हजार ५७१ मा कारोवार भए । कारोवार भएका ११ मध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ एक दशमलव नौ र जलविद्युत् एक दशमलव २७ अङ्कले बढेको छ ।

यस्तै होटल २० दशमलव ४४, विकास बैंक तीन दशमलव ५२, वित्त शून्य दशमलव ६१, निर्जीवन बीमा २ दशमलव ९९, उत्पादन १९ दशमलव २८, अन्य २ दशमलव १२, लघुवित्त ५ दशमलव ५३, जीवन बीमा २४ दशमलव ४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो । सो बैंकको रु पाँच करोड २९ लाख ६२ हजार २७६ मूल्यमा खरीद बिक्री भयो । यस्तै शिवम् सिमेन्ट रु तीन करोड २० लाख दुई हजार १८९, सिभिल बैंक रु एक करोड ७७ लाख ४२ हजार १६७, एनआइसी एशिया बैंक रु एक करोड ७४ लाख १७ हजार ८०७, एनसिसी बैंक रु एक करोड ४६ लाख एक हजार ८१९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ४५ लाख ५३ हजार ४२७ मा कारोवार भई शीर्षस्थानमा रह्यो ।

परिसूचक घट्दा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ७३ प्रतिशतले कमाए । यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स ३ दशमलव २५, घलेम्दी हाइड्रो २ दशमलव ३३, आइएमई जनरल इन्स्योरेन्स २ दशमलव २७, गुँरास लघुवित्त वित्तीय संस्था २ दशमलव शून्य चार र एनआइबीएल समृद्धि फण्ड १ का लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाए ।

यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनी ५ दशमलव ६७, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५ दशमलव १०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ४ दशमलव ३४, जोशी हाइड्रोपावर ३ दशमलव ७९, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ दशमलव ५१ प्रतिशतले गुमाए ।

हिमालय बैंकको तीन अर्बको ऋणपत्र बिक्री हुने

हिमालयन बैंकले आगामी साउन २ गतेदेखि रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक आह्वानपत्र सार्वजनिक गर्दै प्रतिकित्ता रु एक हजारका दरले ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो । ऋणपत्र बिक्री बन्द छिटोमा आगामी साउन ६ र ढिलोमा साउन ३१ गतेसम्म तोकिएको छ ।

कूल बिक्री गर्न लागिएको ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् रु एक अर्ब २० करोड बराबर सर्वसाधारणलाई र रु एक अर्ब ८० करोड संस्थापक लगानीकर्तालाई छुट्याइएको छ । ऋणपत्र खरीद गर्न चाहनेले न्यूनतम २५ देखि अधिकतम ३० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । सात वर्षपछि परिपक्व हुने सो ऋणपत्रबाट उठ्ने रकम बैंकले कर्जा सापटी र तरलता व्यवस्थापनमा लगानी गर्ने आह्वान पत्रमा उल्लेख छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top