भुवन केसीको नयाँ फिल्ममा अनमोल हिरो, भुवन भिलेन

२९ असार ७६, सोमबार

३० असार, काठमाडौँ ।
नेपाली चलचित्रका सदाबहार अभिनेता भुवन केसी र अनमोल केसी एउटै फिल्ममा देखिने भएका छन् । आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भुवन केसीले आफुले र छोरा अनमोलले एउटै फिल्ममा स्क्रिन साझेदारी गर्ने बताएका हुन् । उनले नयाँ चलचित्रमा अनमोलको प्रमुख भुमिका हुने र आफ्नो भिलेनको भुमिका हुने बताएका छन् ।

सधैं सफाचट भएर हिँड्न रुचाउने केसी कार्यक्रममा हल्का फुलेको दाह्री र जुँगामा पुगेका थिए । उनी केही दिनयता फुलेको दाह्री र जुँगामै हिँड्ने गर्छन् । उनले नयाँ फिल्ममा लागि दाह्री नकाटेको बताएका छन् । उनी भन्छन्, ‘धेरैले मलाई दाह्री किन पालेको भनेर सोधिरहेका छन् । म चाँडै नयाँ फिल्ममा अनमोल केसीसँग पूरै नेगेटिभ रोलमा आउँदैछु । यो दाह्री अझै बढाउनु पर्ने छ ।’

गत वर्षको फागुनमा रिलिज भएको फिल्म ‘क्याप्टेन’ पछि उनी फेरि होम प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको केही समयदेखि स्क्रिप्टमा काम चलिरहेको छ । सम्भवतः दशैंपछि फिल्मको छायांकन सुरु हुनेछ । फिल्मलाई उनी आफैंले निर्देशन गर्न सम्भावना प्रवल छ । छोरा अनमोलको करिअर मजबुत बनाउन दिन–रात खटिरहेका उनी करिब ७ वर्षदेखि अभिनयबाट टाढा छन् । उनले यस वर्ष फिल्म अभिनयमा कमब्याक गर्दैछन् । उनले हालै फिल्म ‘मिस्टर नेपाली’को छायांकन भ्याएका छन् । यसमा उनी दोहोरो भूमिकामा छन्, पिता र छोराको । दुईमध्ये एक क्यारेक्टर नेगेटिभ छ । उनी पहिलो पटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् ।

Advertisement

अनमोलले खेलेको फिल्ममा अहिलेसम्म उनले प्रमुख भूमिकामा भने निभाएका छैनन् । अब, पहिलो पटक पर्दामा दुई हिरो र भिलेनको रुपमा प्रस्तुत हुने भएका छन् । फिल्ममा छोरा र पिताको जुगलबन्दी हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top