×

NEPAL TIMES UPDATES

Playing
रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन || Nepal Times
Mar 24, 2026
Playing
सिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष, अन्यका कस्ता छन् ? || Nepal Times
Mar 24, 2026
Playing
Trumpले नै फेक न्युज फैलाए ? इरानी संसद अध्यक्षले गरे वार्ताको खण्डन || Nepal Times
Mar 24, 2026
Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026

कुलेखानीको जलाशय भरियो, आयोजना पूर्णक्षमतामा चलाइँदै

३० असार २०७६

३० असार, काठमाडौं  ।

पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको पानी घटाउने तयारी गरेको छ । सो जलाशयमा हाल दुई आयोजना सञ्चालनमा छन् । कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

दुईवटै आयोजना पूर्ण क्षमतामा चलाउँदासमेत एक घण्टामा तीन सेन्टिमिटर मात्रै पानी घट्नेछ । तर जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण ६० सेन्टिमिटर पानी थप भएको छ ।

गत वर्ष वर्षभरिमा जलाशयमा पानीको सतह एक हजार ५२६ मिटर रहेकामा यस वर्षको असार ३० गते अर्थात् आज बिहानसम्म सोही क्षमतामा पुगेको छ । प्राधिकरणका अनुसार आज बिहान ५ः३० मा पानीको सतह बढेर एक हजार ५२६ मिटर पुगेको छ ।

जलाशयमा अधिकतम एक हजार ५३१ मिटरसम्म मात्रै पानी भण्डारण हुनसक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन/चार दिनमै जलाशयमा पानीको सतह करीब २० मिटर बढेको छ । जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो र दोस्रो आयोजना पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘पानी पर्न भर्खर शुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महीनाअगाडि नै भरियो’, उनले भने, ‘विगतमा बर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारतबाट आयात भइरहेको विद्युत् आयात घटाइएको छ ।’

कुलेखानी पहिलो विद्युत्गृह पूर्ण क्षमतामा चलाउँदासमेत सामान्य मात्रामा मात्रै पानीको सतह घट्ने छ । कुलेखानीमा बर्खाको पानी जम्मा गरी मुख्यरूपमा विद्युत्को अत्यधिक माग हुने हिउँदमा मात्रै चलाउने ‘पावर ब्याङ्क’ आयोजना हो । विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

जलाशयको पानीलाई क्रमशः नियन्त्रितरूपमा निकास दिइने भएकाले आत्तिइहाल्ने अवस्था नभएको प्रवक्ता अधिकारीको भनाइ छ । जलसतह बढ्ने क्रममा रहेकाले जलाशयको पानीलाई क्रमशः घटाएर नियमित राख्ने प्रयासमा प्राधिकरण रहेको छ ।

प्राधिकरणले हाल ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षाका कारण तराईमा विद्युत् माग घटेको छ । अहिले मुलुकभरको विद्युत्को माग करीब ६०० मेगावाट मात्रै छ ।

प्रवक्ता अधिकारीले विहारबाट आयात गरिने विद्युत् पूर्णरूपमा बन्द गरिएको जानकारी दिए । उनले ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट समेत २५० मेगावाट बढी विद्युत् आयात भइरहेकामा त्यसलाई घटाएर करीब १५० मेगावाटमा सीमित गरिएको छ ।

सतर्क रहन आग्रह

प्राधिकरणले कुलेखानी जलाशय भरिँदै गएका कारणले पानी निकासका लागि बाँधको ढोका खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी वाग्मती नदीमा गएर मिसिन्छ ।

‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौँ, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जाने गरी व्यवस्था मिलाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘त्यसो गर्दा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने भएमा बाँधमा रहेका ढोका खोलेर पानी बाहिर निकाल्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्छ, यसबाट बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने वाग्मती नदीमा बाढी आउनसक्ने भएकाले त्यस आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दछु ।’

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले जलाशय भरिएकाले बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने अवस्था आएको जनाएको छ । केन्द्रले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।– रमेश लम्साल/रासस

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top