ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु

३१ असार ७६, मंगलबार

३१ असार, इटहरी ।
सुनसरीको ईनरुवा नगरपालिका–९ जमुवामा ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । ट्रयाक्टरमा चेपिएर सोही ठाउँका २४ बर्षीय चन्दन कुमार मेहेतोको मंगलबार(आज) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

आज बिहान साढे ९ बजेको समयमा खेत जोत्ने क्रममा हिलोमा फसेको को २ त ८३४० नम्बरको ट्रयाक्टर निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीएर उनी गम्भीर घाईते भएका थिए ।

घाईते महतोलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top