शिल्पालाई छविको आश्वासन –‘मेरो अदालतमा आउनुहोस्, न्याय पाउनुहुन्छ’

३० असार ७६, मंगलबार

३१ असार, काठमाडौँ ।
नेपाली फिल्मका निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको झगडा झन् दन्किँदै गएको छ ।केही दिन अगाडि शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै प्रहरी परिसरमा छविविरुद्ध उजुरी हालेपछि विवाद बढेको यो जोडिको झगडा मिल्ने छाँटकाँट देखिएको छैन । छविले शिल्पासँग फेरी झगडा नगर्ने बाचा गरेपनि शिल्पा मान्न तयार देखिएकी छैनन् । ५५ वर्षका छवि र २५ वर्षकी शिल्पाको तीन वर्ष लामो बैबाहिक सम्बन्ध अब अगाडि बढ्न नसक्ने अवस्थामा आएर अडिएको छ ।

केही दिन अगाडि शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै प्रहरी परिसरमा छविविरुद्ध उजुरी हालेकी थिइन् । उजुरी पश्चात् प्रहरीले दुबै पक्षलाई बोलाएर सहमति गराएको थियो । छवि र शिल्पा दुबैले अब कहिल्यै झगडा नगर्ने भनेर कागजी सम्झौता पनि गरे । तर, शिल्पा भने अब कुुनै हालतमा फेरि छविसँग नबस्ने अडानमा छिन् ।

उनले सोमबार एक भिडियो अन्तर्वार्तामा आफूले डिभोर्सका लागि केस फाइल गरिसकेको बताएकी छन् । छवि भने आफू शिल्पाकै काखमा प्राण त्याग गर्न चाहने बताउँदै मिडियामार्फत् उनलाई घर फर्किन आग्रह गरिरहेका छन् । सञ्चारमाध्यमसँग कुराकानीको क्रममा भक्कानिँदै शिल्पाले श्रीमान् ओझाबाट तीन वर्षसम्म निकै यातना सहेर बसेको बताएकी छिन् । उनले छविलाई पटक–पटक मार्ने प्रयास गरेको, कोही पुरुषसँग हाँसेर बोले विभिन्न खाले शंका र अप्रिय वचन बोल्ने गरेको लगायतका आरोप लगाएकी छिन् ।

Advertisement

तर, यो मान्न तयार छैनन्, छवि । सामान्य घर झगडा हुने गरेको भएता पनि आफूले कहिल्यै शंका गरेर शिल्पामाथि कुटपिट नगरेको उनको भनाई छ । श्रीमती शिल्पाले विभिन्न आरोप लगाएपछि सोमबार साँझ फेसबुकमा लामो स्टाटस लेखेर निर्माता छविराज ओझाले आफूमाथि लगाएको आरोप छातिमा हात राखेर सोच्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मैले ५२ बर्षको उमेरमा तीनजना श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेपछि तपाईंसँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एकछिनलाई आफैंलाई नढाटी सम्झनुस् तपाईंले लगाएका कति आरोपहरु सत्य छन् ?

https://www.facebook.com/chhabiraj.ojha.5/posts/2290396714410884

Advertisement

निर्माता ओझाले शिल्पालाई पनि अन्यायमा नपर्ने विश्वास दिलाएका छन् । अरुको कुरा नसुनि घर फर्किन आग्रह गर्दै उनले लेखेका छन्, ‘आउनुस् हाम्रो घरको ढोका सधैं तपाईंको लागि खुल्ला छ । हैन र यदी तपाईं साच्चै मसँग बस्न सक्नुहुन्न भने पनि एक पटक मसँगै आएर टेबलमा कुरा गर्नुस् । मेरो इतिहास पल्टाएर हेर्नुस् आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन ।’ अब उनीहरुको झगडाले कुन रुप लिने हो त्यो हेर्न बाँकी छ ।

२०७३ असार २९ गते सुटुक्क विवाह गरेका दुईले गएको ६ महिना अगाडि विवाह दर्ता गरेका थिए । शिल्पा छविकी चौथी श्रीमती हुन् । अभिनेत्री रेखा थापासँग १२ वर्ष लामो बैबाहिक सम्बन्धमा पूर्णविराम लागेपछि छविले शिल्पालाई श्रीमतीको रुपमा घर भित्राएका थिए । शिल्पाको पनि छविसँँग दोस्रो विवाह रहेको चर्चा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top