एक सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण

१६ माघ ७४, बुधबार

काठमाडौं : १ सय ५० वर्षपछि बुधबार खग्रास चन्द्रग्रहण लागेको छ। नेपालबाट पनि देखिएको चन्द्रग्रहण काठमाडौंमा साँझ ५ बजेर ३३ मिनेटमा सुरु भएको हो ।   ब्लू मुनमा १ सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण लागेको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।

एकै महिनामा दुईवटा पूर्णिमा परे पछिल्लो पूर्णिमालाई ब्लू मुन भनिन्छ। चन्द्रग्रहण हेर्न नेपालीले सुरु भएपछि २२ मिनेट पर्खिनु परेको थियो। मोसमका कारण नेपालमा मजाले नदेखिएको हो। खगोलविद् आचार्य अनुसार ग्रहण नेपाललगायत भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफ्रिकाका केही पूर्वी देशहरू, युरोप, रसिया र अलास्काबाट देखे। तर, ब्राजिल, चिली र पश्चिमी अफ्रिकी देशमा बसोबास गर्नेले यो ग्रहण हेर्न पाएनन्।

खग्रास तथा खण्डग्रास गरी चन्द्रग्रहण दुई किसिमको हुने भए पनि बुधबारको चन्द्रग्रहण खग्रास भएकाले चन्द्रमाको पूरै भाग छेकिएको देखियो। पूरै चन्द्रबिम्ब छेकिएर हुने अर्थात् पृथ्वीको छायाले पूरै छेकिदिँदा हुने ग्रहणलाई खग्रास चन्द्रग्रहण भनिने खगोलविद्को भनाइ छ। खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशिकाले मात्र हेर्न हुने बताइएको छ भने मेष, मिथुन, कर्कट, सिंह, वृश्चिक, धनु, मकर र मीन राशिकाले हेरे अशुभ हुने मानिएको छ।

Advertisement

२१ औं शताब्दीमा ८५ वटा चन्द्रग्रहण लाग्ने जानकारी दिँदै वाल्मिकी क्याम्पसका प्राध्यापकसमेत रहेका आचार्यले बुधबारको चन्द्रग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिने बताए। विश्वप्रसिद्घ वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए। यस्तो ग्रहण खगोलविद् र वैज्ञानिकहरूका लागि प्रयोगात्मक प्रक्रिया पुष्टि गर्ने सुनौलो अवसर हुने उनको भनाइ छ। उनले थपे, ‘यस्तो ग्रहणको प्रभाव केवल मानव जातिमा मात्र होइन, पशुपंक्षीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिन्छ।’

धार्मिक विश्वास राख्नेहरूले ग्रहणको स्पर्श र मोक्ष (सकिने) मा नदी, तलाउ, कुण्डमा गई ग्रहण नुहाएर शुद्घ हुने गर्छन्। ग्रहणका बेला साधना गर्दा सिद्धि पाइने विश्वासमा तान्त्रिकहरू तन्त्रसाधना र अघोरीहरू मन्त्र साधना गर्छन्। नांगो आँखाले सूर्यग्रहण हेरे समस्या हुन्छ तर चन्द्रग्रहण सजिलै हेर्न सकिने खगोलविद् बताउँछन्। चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीको प्रयोग गरेर पनि हेर्न सकिन्छ। सामाखुसीस्थित तक्षशिला एकेडेमीले टेलिस्कोपबाट चन्द्रग्रहण हेर्ने व्यवस्था मिलाएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top