×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026
Playing
बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल, मनिषलाई ब्याकफायर || Nepal Times
May 14, 2026
Playing
भ्रष्टा चार लुकाउन प्रेम राईलाई सिध्याउने योजनाको पर्दाफास || Nepal Times
May 14, 2026

एक सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण

१७ माघ २०७४

काठमाडौं : १ सय ५० वर्षपछि बुधबार खग्रास चन्द्रग्रहण लागेको छ। नेपालबाट पनि देखिएको चन्द्रग्रहण काठमाडौंमा साँझ ५ बजेर ३३ मिनेटमा सुरु भएको हो ।   ब्लू मुनमा १ सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण लागेको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।

एकै महिनामा दुईवटा पूर्णिमा परे पछिल्लो पूर्णिमालाई ब्लू मुन भनिन्छ। चन्द्रग्रहण हेर्न नेपालीले सुरु भएपछि २२ मिनेट पर्खिनु परेको थियो। मोसमका कारण नेपालमा मजाले नदेखिएको हो। खगोलविद् आचार्य अनुसार ग्रहण नेपाललगायत भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफ्रिकाका केही पूर्वी देशहरू, युरोप, रसिया र अलास्काबाट देखे। तर, ब्राजिल, चिली र पश्चिमी अफ्रिकी देशमा बसोबास गर्नेले यो ग्रहण हेर्न पाएनन्।

Advertisement
Advertisement

खग्रास तथा खण्डग्रास गरी चन्द्रग्रहण दुई किसिमको हुने भए पनि बुधबारको चन्द्रग्रहण खग्रास भएकाले चन्द्रमाको पूरै भाग छेकिएको देखियो। पूरै चन्द्रबिम्ब छेकिएर हुने अर्थात् पृथ्वीको छायाले पूरै छेकिदिँदा हुने ग्रहणलाई खग्रास चन्द्रग्रहण भनिने खगोलविद्को भनाइ छ। खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशिकाले मात्र हेर्न हुने बताइएको छ भने मेष, मिथुन, कर्कट, सिंह, वृश्चिक, धनु, मकर र मीन राशिकाले हेरे अशुभ हुने मानिएको छ।

२१ औं शताब्दीमा ८५ वटा चन्द्रग्रहण लाग्ने जानकारी दिँदै वाल्मिकी क्याम्पसका प्राध्यापकसमेत रहेका आचार्यले बुधबारको चन्द्रग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिने बताए। विश्वप्रसिद्घ वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए। यस्तो ग्रहण खगोलविद् र वैज्ञानिकहरूका लागि प्रयोगात्मक प्रक्रिया पुष्टि गर्ने सुनौलो अवसर हुने उनको भनाइ छ। उनले थपे, ‘यस्तो ग्रहणको प्रभाव केवल मानव जातिमा मात्र होइन, पशुपंक्षीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिन्छ।’

Advertisement

धार्मिक विश्वास राख्नेहरूले ग्रहणको स्पर्श र मोक्ष (सकिने) मा नदी, तलाउ, कुण्डमा गई ग्रहण नुहाएर शुद्घ हुने गर्छन्। ग्रहणका बेला साधना गर्दा सिद्धि पाइने विश्वासमा तान्त्रिकहरू तन्त्रसाधना र अघोरीहरू मन्त्र साधना गर्छन्। नांगो आँखाले सूर्यग्रहण हेरे समस्या हुन्छ तर चन्द्रग्रहण सजिलै हेर्न सकिने खगोलविद् बताउँछन्। चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीको प्रयोग गरेर पनि हेर्न सकिन्छ। सामाखुसीस्थित तक्षशिला एकेडेमीले टेलिस्कोपबाट चन्द्रग्रहण हेर्ने व्यवस्था मिलाएको थियो।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top