सेवाग्राहीकै भेषमा अख्तियार, सातामै २० बढी इन्जिनियर रंगेहात समातिए

काठमाडौं : सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्‍यापिड एक्सन फोर्स’ देशभर खटिएको छ । उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन्।

Advertisement

अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन्। ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्नेसम्मको गतिविधि उनीहरूको निगरानीमा हुन्छ। यस्ता कार्य नियन्त्रणमा आफू अग्रसर हुँदैनन्। उनीहरू अर्को टोलीलाई खबर गर्छन्। त्यसले नियन्त्रणमा लिन्छ। त्यस बेला पनि अघिल्लो टोलीका कर्मचारी सेवाग्राहीजस्तै हुन्छन्।

फोर्सकै कारण ‘स्टिङ अपरेसन’सहित अख्तियारको क्रियाशीलता बढेको प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए। ‘अपरेसन बढेको छ’, प्रवक्ता कोइरालाले भने। प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अगुवाइमा फोर्स परिचालित छ। टोलीले शनिबार दोलखाको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश अधिकारी, सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र चालक सुमन खड्काको पिछा गर्‍यो। फोर्सकै सक्रियतामा उनीहरू १४ लाख ६७ हजार रुपैयाँ घुससहित भक्तपुरको जगातीबाट पक्राउ परे।

Advertisement

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारदेखि ठूलो संख्यामा इन्जिनियर पक्राउ परिरहेका छन्। विकास निर्माणको अन्तिममा इन्जिनियरले घुस लिने गरेको पाइएको छ। अख्तियारको निगरानी पनि इन्जिनियरतर्फ केन्द्रित देखिन्छ। पछिल्लो एक सातामा २० जनाभन्दा बढी इन्जिनियर रंगेहात पक्राउ परेका छन्। शनिबार मात्रै ८ जनालाई अख्तियारको फन्दामा परे। ,याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top